

-
चितवन । कुखुरा पालक कृषकलाई विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यिय भवन निर्माण गरि ती काम गर्न लागेको हो ।
सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवन बनाइने छ । चार तलाको ती भवनमा अण्डा राख्न शीतभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसल सञ्चालन हुने छन् । सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओलीको अध्यक्षतामा नेपाल अण्डा उत्पादक कृषि सहकारी दर्ता गरिएको छ । शीतभण्डारका लागि प्रदेश सरकार र सङ्घीय सरकारले बजेट विनियोजन गरीसकेको केसीले जानकारी दिए । उनका अनुसार वाग्मती प्रदेशले फरक फरक शीर्षकमा दुई करोड र सङ्घीय सरकारले ६९ लाख विनियोजन गरेको छ । काम गर्दै जाँदा आवश्यक पर्ने रकम थप गरिने आश्वासन पाएको केसीले बताए ।
सङ्घका उपाध्यक्ष एवं सहकारीका अध्यक्ष ओलीका अनुसार शीतभण्डारमा एक लाख पेटी अण्डा भण्डारण गर्न सकिने छ । तापक्रम मिलाएर छोटो समयका लागि अण्डा राख्न मिल्छ । जसले गर्दा समयमा बिक्री नभएर अण्डा नष्ट हुनबाट जोगिने हुन्छ । ओलीका अनुसार सङ्घका सदस्य सहकारीमा रहनेछन् । सहकारीमार्फत अण्डा उत्पादक कृषकलाई आवश्यक चल्ला, औषधि, दाना, भाँडा, प्राविधिक परामर्शसँगै अण्डाको बजारीकरणमा पनि सहयोग गरिने उनले बताए ।
कृषकलाई आवश्यक पर्ने सामग्री र अण्डा बिक्री गर्दा भएको विचौलियाको बिगबिगीलाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा सहकारीले काम गर्ने उनले जानकारी दिए । नेपाल अण्डामा आत्मनिर्भर रहेको छ । हाल दुई हजार ७०० भन्दा बढी कृषक यस पेशामा आबद्ध छन् । एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अण्डा क्षेत्रमा मात्र ४० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । बजार मूल्यमा एकरुपता नहुँदा धेरै यो पेशाबाट विस्थापित भई सकेको केन्द्रीय अध्यक्ष केसी बताउँछन् । उनले भने, “हामी विचौलियाको दबदबालाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा काम गर्न लागेका छौँ ।” केसीले कृषि तथा पशुपक्षी मन्त्रालय र वाग्मती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्रीज्यूहरु आफैँ सकारात्मक र कृषकको पक्षमा तत्काल काम गर्नुपर्छ भन्नेमा रहेकाले सङ्घलाई बल पुगेको बताएका थिए ।
News Desk 0 response बिहिबार, साउन १, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



