

-
धनगढी । कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी र डोटी जिल्लामा एक÷एक प्रयोगशाला र कैलालीमा थप एक प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । प्रयोगाशाला स्थापना नहुँदा कोभिड–१९ का शङ्कास्पद नमूना जाँचका लागि अन्य जिल्लामा पठाउनुपर्ने अवस्था छ ।
सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा रहेको प्रयोगशालामा दैनिक न्यून सङ्ख्याका नमूना जाँच हुने गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सम्बन्धित अस्पतालमा मेशिन राख्न चाहिने पूर्वाधार निर्माणको काममा समय लागेकाले प्रयोगशाला स्थापनामा ढिलाइ भइरहेको बताए । उनले भने, “शुरुको अवस्थामा मेशिनलगायतका सामग्रीको व्यवस्थापनका लागि आह्वान गरिएकोमा कसैले पनि टेण्डर नहालेकाले पनि समयमै प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको हो ।” सरकारको पछिल्लो निर्णय अनुसार दैनिक एक हजार वटा नमूना जाँच गर्ने क्षमताको प्रयोगशाला स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ ।
यसका लागि तीन वटा मेसिन खरिद भइ धनगढी पुगिसकेकोमा सम्बन्धित अस्पतालमा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको बताइएको छ ।
News Desk 0 response मङ्लबार, असार ३०, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



