

-
चितवन । चरन अभाव भएको भन्दै मौरीपालक कृषकले गुनासो गरिरहेका बेला यहाँको कालिका नगरपालिकाले यस वर्ष झण्डै १० हजार चिउरीका बिरुवा रोप्ने तयारी गरेको छ । हालसम्म तीन हजार ३०० बिरुवा रोपिसकेको छ ।
नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार सिंहनाथ गण गैरीबारीमा तीन हजार र विपद् व्यवस्थापन गण रसौलीमा ३०० बिरुवा रोपिसकिएको छ । सिद्धि र शक्तिखोरको कबुलियती वन र खोरियामा पाँच हजारभन्दा बढी बिरुवा रोप्ने तयारी गरिएको छ । मौरीपालक व्यवसायी सङ्घ र सपना भिलेज इम्प्याक्टसँग सहकार्य गरेर नगरपालिकाले बिरुवा रोप्न थालेको हो ।
प्रमुख श्रेष्ठले चिउरीमा बहुआयामिक गुण भएकाले तीव्ररूपमा वृक्षरोपण गर्न लागिएको बताए । चिउरीको फल खाने र बियाँबाट घ्यूसमेत निकाल्ने गरिन्छ । महमध्येमा चिउरीको चरनको मह सबैभन्दा उत्कृष्ट मानिन्छ । उनले भने, “यहाँका मौरीपालक कृषकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले चिउरीको वृक्षरोपण थालिएको हो ।”
नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले रोपिएकामध्ये सात हजार ५०० बिरुवा मात्र हुर्किएमा एक हजार ५०० गोलाका मौरीलाई चराउन पुग्ने बताए । चरनको अभावमा यहाँका कृषकले देशका १४ जिल्लामा मौरी लाने गर्दछन् । कालिका नगरपालिकामा मात्र छ हजार गोला मौरी रहेको छ । पौडेलका अनुसार यो सङ्ख्या जिल्लामा २५ हजार र देशभरमा ७० हजार रहेको छ ।
यहाँका मौरी चिउरीमा चराउनका लागि दाङ, अर्घाखाँची र प्यूठान लगिन्छ भने अन्य जिल्लामा पनि चराउन लैजाने गरिएको छ । चिउरीका बिरुवा हुर्कन आठ÷दश वर्ष लाग्ने गर्दछ । जिल्लाका पहाडी क्षेत्रमा चिउरीका रुख रहेका छन् । ती क्षेत्र चिउरीका लागि उपयुक्त मानिन्छ । नेपालमा मौरीपालन व्यवसायमा लाग्नेहरुको सङ्ख्या सात हजार रहेको छ । गतसाल मेलिफेराको दुई हजार ५०० मेट्रिकटन र सेरानाको एक हजार मेट्रिक टन मह उत्पादन भएको थियो । रासस
News Desk 0 response बिहिबार, असार २५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



