

-
काबुल । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिएको समाचरमा जनाइएको छ ।
अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिनुभएको सो समाचारमा उल्लेख गरिएको हो । उनले अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउने कामका लागि आवश्यक परेको समन्वय गर्ने काममा तयार देखिएको बताएका हुन् ।
अफगानिस्तानमा शान्ति स्थापना हुन सके आर्थिक विकास हुने भन्दै उनले ट्वीट गरेर अफगानिस्तानमा शान्ति ल्याउने कामका लागि यहाँका जनता र तालिबानीहरु तयार रहेका आफूले पाएको बताएका छन् ।
उनले यहाँ शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्म हुदैन भन्दै तर त्यसकालागि उनीहरु तयार रहेको पाइएको बताए । अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।
कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ । एएनआई
News Desk 0 response सोमवार, असार २२, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२