

-
पटना, बिहार । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ । समाचारमा जनाइएअनुसार गएराति अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको निधन भएको हो ।
चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि २२ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।
बिहारको विपद् व्यवस्थापन विभागले शुक्रबार बिहान सो कुराको जानकारी दिएको हो । हिजोदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र शुक्रबार बिहानसम्म यो संख्या २२ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।
भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत हप्तामात्र पनि चट्याङका कारण करिब १०० जनाको ज्यान गएको थियो । प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार साँझदेखि शुक्रबार बिहानसम्म नै भारी वर्षा भइरहेको छ र यसै क्रममा चट्याङ परेको थियो ।
सबैभन्दा धेरै बिहारको पूर्वी पट्ना क्षेत्रका जिल्लाहरुमा नागरिकको मृत्यु भएको छ । बिहीबार बिहारलगायत भारतका उत्तरी राज्यहरुमा भीषण वर्षा र हावाहुरी चल्ने सूचना यहाँको मौसम विभागले जारी गरेको थियो ।
मौसम खराब रहेकोले बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन पनि राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको थियो । यसैगरी बिहारका मुख्यमन्त्री नितिश कुमारले चट्याङ लागेर ज्यान गएका व्यक्तिका परिवारका सदस्यलाई प्रति परिवार चार लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । एएनआई
News Desk 0 response शुक्रबार, असार १९, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



