

-
काठमाडौँ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मुद्दा चलाएको छ । उनीहरुलाई ४० करोड ६१ लाख बिगो असुल गरी बिगोको दोब्बर जरिवाना एवं कैद सजायको माग दाबी लिई उच्च अदालत पाटनमा बुधबार मुद्दा दायर गरिएको विभागले एक सूचना जारी गरी जनाएको छ ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकरको विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–२५ बस्ने न्यूसागर प्लाष्टिक कन्सर्नका प्रोप्राराइटर सञ्जु किजु तथा मुख्य आरोपी सागर किजुले २६ करोड ८२ लाख छली गरेको आरोप छ । यस्तै सुप्रिम प्लाष्टिक कन्सर्नका सञ्चालक सागर किजुले राजश्व चुहावट गरेको अभियोगमा छ करोड ७७ लाखसमेत जम्मा ३२ करोड ६० लाख बिगो असुल एवं कैद मागदाबी लिई मुद्दा चलाइएको छ ।
न्यूसागर प्लाष्टिक कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजश्व चुहावटको कसुर गरेको जनाइएको छ ।
यस्तै झुट्टा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँस्थित बिकोइरस्काइर बङ्गलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठसमेतले राजश्व चुहावट गरेको अभियोगमा आठ करोड एक लाख बिगो असुल गरी मुद्दा चलाइएको छ । बिगोको दोब्बर जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
News Desk 0 response बिहिबार, असार १८, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



