

-
बैतडी । हातहतियारसहित भारतबाट अवैध रुपमा ल्याइएको एक लाख ५० हजार मूल्य बराबरको बिँडीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–८ त्रिपुराका २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्ड छन् ।
उनीहरुलाई दशरथचन्द –८ नल्तडीस्थित महाकाली किनारबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भन्सार छली महाकाली नदीमा ट्युबमार्फत अवैध रुपमा बिँडी भित्रिरहेको गोप्य सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी नेतृत्वको टोलीले अभियुक्तलाई पक्राउ गरेको जनाइएको छ । बरामद गरिएको सामग्री महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइने छ ।
यसअघि गत जेठ २८ गते सीमा सुरक्षाका लागि झुलाघाटमा स्थापित सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) को गस्ती टोलीले दशरथचन्द–६ शेराबाट दुई पेटी बिँडी बरामद गरेको थियो ।
News Desk 0 response आइतवार, असार १४, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



