

-
बेइजिङ । कोरोनाभाइरस सङ्क्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसङ्ख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि लकडाउन गरिएको छ ।
चिनियाँ अधिकारीले सङ्क्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ सङ्क्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै सङ्क्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी सङ्क्रमण परीक्षण गरेको थियो ।
चीनको राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा पछिल्लो समय पुनः सङ्क्रमण देखिन थालेपछि सरकारले स्थानीय वस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कलाई बन्द गरेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको सङ्ख्यामा सङ्क्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी सङ्क्रमण फैलिन नदिने प्रयास भएको हो ।
सरकारले उक्त क्षेत्रमा परिवारबाट एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजस्ता अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिई परीक्षण र उपचारलाई तीब्र पार्नलागेको छ, आङसीको महामारी रोकथाम कार्य दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । यससँगै मध्य जुनदेखि बेइजिङ र वरपरका क्षेत्रमा सङ्क्रमित हुनेको सङ्ख्या ३११ पुगेको बताइएको छ । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो ।
परीक्षण तथा रोकथामका उपायलाई प्रभावकारी बनाउने धारणा राख्दै बेइजिङ शहरका अधिकारी सु हेचियानले भने, “सङ्क्रमितको सङ्ख्या भेटिने क्रम जारी रहेकोले हामीलाई ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन ।” सङ्क्रमण फैलिन नदिन सङ्क्रमित क्षेत्रका बासिन्दालाई सहर छोडेर अन्यत्र नजान, विद्यालयहरू बन्द गर्न भनिएको छ भने दर्जनौँ आवासीय क्षेत्रका भवन परिसरहरूलाई बन्द गरिएको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, असार १४, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



