

-
बागलुङ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा खेल मैदान निर्माण गरिएको छ । प्रदेश सरकारको २० लाख बजेटमा ‘हिल–सिप खेल मैदान’ तयार भएको हो । छिटपुटबाहेक सबै काम सकिएको निर्माण समितिका अध्यक्ष रामबहादुर पाइजाले बताए । खेल मैदान ४५ मिटर लामो र ४० मिटर चौडा छ । ‘फुटसल’, भलिबललगायत खेललाई लक्ष्य गरी मैदान बनाइएको हो ।
खेल मैदान छेउछाउ प्राकृतिक ‘प्यारापिट’, शौचालय, मञ्च आदि संरचना खडा गरिएको छ । वरिपरिबाट तारजालीको घेराबार छ । “यो वर्षको बजेटबाट लगभग काम सकियो, अरु पूर्वाधार थप्दै जाने योजना छ”, अध्यक्ष पाइजाले भने । स्थानीयवासी तेजेन्द्र श्रीसबाट दुई लाखमा जग्गा खरिद गरेर खेल मैदान बनाइएको हो । खेल मैदान निर्माणमा मिर्मिरे युवा क्लवका युवासहित गाउँले मिलेर श्रमदान गरेका थिए । गाउँमै ठूलो र व्यवस्थित खेल मैदान बनेपछि युवा वर्ग बढी उत्साहित छ ।
खेल गतिविधिदेखि मेला, जात्रा आयोजना गर्न पनि सहज हुने देखिएको छ । खेल मैदानमा अन्य पूर्वाधार थप्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष प्रकाश घर्तीले बताए । “वडाकै ठूलो खेल मैदान बनेको छ”, उनले भने, “त्यसलाई अझै व्यवस्थित र सुविधायुक्त बनाउँदै लैजान्छौँ ।” सङ्घ सरकारको ४० लाख बजेटमा वडा नं ४ दोगाडीमा गाउँपालिकाकै ठूलो खेल मैदान निर्माणको चरणमा छ । उक्त खेल मैदानलाई आगामी आवमा गाउँपालिकाले पनि ४० लाख बजेट छुट्टाएको छ ।
“गाउँपालिका स्तरीय रङ्गशालाकै रुपमा त्यसलाई विकास गर्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भने, “खेल पूर्वाधारसँगै खेलाडी उत्पादन र संरक्षणमा हाम्रो विशेष जोड छ ।” युवा वर्गलाई खेलकूदमा आबद्ध गरी उनीहरुको प्रतिभा पहिचान गर्न विभिन्न प्रतियोगिता पनि सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
News Desk 0 response शनिबार, असार १३, २०७७


सम्बन्धित शीर्षकहरु

आईपीएल क्रिकेटमा पन्जाबले लखनउलाई ३७ रनले हरायो, राजस्थान कोलकातासँग एक रनले पराजित
सोमवार, बैशाख २२, २०८२-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२