

-
चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ ।
यस कार्यालयले जेठ मसान्तसम्ममा अन्तःशुल्कमा मात्र ३६ अर्ब चार करोड ९२ लाख १३ हजार राजस्व अशुल गर्ने लक्ष्य लिएकोमा १७ अर्ब ९२ करोड आठ लाख आठ हजार मात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले दिएको जानकारीअनुसार अन्तःशुल्कको लक्ष्यको ४९ दशमलव ७१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । जेठ मसान्तसम्ममा कूल राजस्व सङ्कलन ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार हुने लक्ष्य राखिएकोमा २१ अर्ब ६१ करोड छ लाख २३ हजारमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ५३ दशमलव २५ प्रतिशतमात्र हुन आउँछ । कूल लक्ष्यभन्दा १८ अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो ।
जेठ महिनामा मात्र अन्तःशुल्कबाट रु पाँच अर्ब २५ करोड १३ लाख ६९ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा एक अर्ब १० करोड ५३ लाख ४९ हजार राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । अन्तःशुल्कमा धेरै राजस्व सङ्कलन हुने गर्दछ । यसअन्तर्गत बियर, मदिरा, सुर्तीजन्य, पेन्ट्स, सिमेन्ट, हल्का पेय पदार्थ, फलामको निर्माण सामग्री, ग्रिल, चाउचाउ, दालमोठ, भुजियाजस्ता सामग्री पर्दछन् । यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्वको भाग हेर्दै आएको छ । यस क्षेत्रमा सात वटा मदिरा र छ वटा बियर उद्योग रहेका छन् ।
कार्यालयका प्रमुख सुवप्रसाद रिजालका अनुसार अन्तःशुल्कमा विभिन्न सामग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ । गत वर्षको जेठ मसान्तसम्ममा अन्तःशुल्क २४ अर्ब ७२ करोड ७२ लाख ३१ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको १०४ प्रतिशत रहेको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७४/७५ मा पनि जेठसम्ममा अन्तःशुल्क १७ अर्ब दुई करोड ८३ लाख ९९ हजार सङ्कलन भएको थियो । जुन लक्ष्यको ११५ दशमलव ९६ प्रतिशत राजस्व सङ्कलन भएको उनको भनाइ छ । यस वर्षको असार मसान्तसम्ममा अन्तःशुल्कमा ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको छ । रिजालले यस वर्ष पनि लकडाउन नभएको भए लक्ष्य वरपरनै राजस्व उठ्ने भए पनि प्रभावित बनेको बताएका छन् ।
मदिराजन्य वस्तु बिक्री वितरण, निष्काशन र ढुवानी रोकिएकै कारण राजस्वमा मुख्य प्रभाव भएको उनको भनाइ छ । शिलबन्दी मदिरा र बियर बजारमा उपलब्ध नहुँदा अवैध मदिराको खपत बढेको व्यवसायीले जनाउँदै आएका छन् । रिजालले भने “व्यवसायीले भने जस्तो हो भने बियर र मदिरा बजारमा जान नपाउँदा राजस्व र मानव स्वास्थ्यमा असर परेको छ ।” उनले थपे, “कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको विकल्प नभएकै कारण लकडाउन गर्नुपरेको हो ।” राजस्वभन्दा मानव स्वास्थ्य ठूलो भएको भन्दै उनले लकडाउन खुकुलो हुँदै जाँदा राजस्व सङ्कलन बढ्दै जाने बताए । लकडाउनकै कारण कोरोना सङ्क्रमण समुदायमा फैलनबाट धेरै रोकिएको छ ।
यस कार्यालयअन्तर्गत व्यवसायी प्यानमा ६५ हजार ८५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डब्लु प्यानमा ५४ करदाता रहेका छन् ।
News Desk 0 response शुक्रबार, असार १२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



