

-
काठमाडौँ । सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरु गरिसकेको छ ।
यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पुर्याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पुर्याइने छ ।
सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङ्रुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो । बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पुर्याउन लागेको खनालले बताए । ‘‘पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए ’’, उनले भने, ‘‘ तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन । अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पुर्याउन थालेका हौँ ।”
उनका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पुर्याइने छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पुर्याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ । कम्पनीले बोलपत्रमार्फत पु¥याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ । यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पुर्याउँदै आएको थियो ।
खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पु¥याई सर्वसाधारणलाई वितरण गरिने बताए । अहिले ती दुई गाउँमा १९२ घरधुरी छन् । महाप्रबन्धक खनालले अब बिक्रीकेन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पुर्याइने बताए ।
गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताए । उनका अनुसार कम्पनीले ल्याएको चामल छाङ्रु र टिङ्करका सर्वसाधारणलाई सयसय क्विन्टल वितरण गरिने छ । छ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए ।
गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलङ्गाबाट उनीहरुलाई घर पुर्याइएको बताए । ‘‘ घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो ’’, उनले भने, ‘‘ त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ । त्यसैअनुसार खाद्यान्न आउन थालेको छ ।’’
News Desk 0 response शुक्रबार, असार १२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



