

-
काठमाडौं ।
व्यावसायिक मन्दी तथा विकास निर्माण रोकिँदा बैंक तथा वित्तिय संस्थाको करिब १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको ऋण जोखिममा रहेको पाइएको छ । वित्तिय संस्थाहरुको अवस्थाबारे गरिएको एक अध्ययनले ३४ वटा उद्योग प्रतिष्ठानको वित्तीय अवस्था खस्केको र ऋण तिर्ने क्षमता कमजोर भएको देखिएको हो ।वित्तीय अवस्थाबारे जानकारी दिने रेटिङ कम्पनी इक्रा नेपाल र केयर रेटिङ नेपालको अध्ययनमा पर्यटन क्षेत्रका ९ वटा कम्पनीको ऋण बढि जोखिममा छ । अर्थात उनीहरुको ऋण तिर्ने क्षमता कमजोर छ।
त्यसमाथि कोरोना संक्रमण कम भएपनि यो क्षेत्र तत्कालै माथि उठ्न सक्ने पनि आधार देखिन्न । ऋण लिएर सञ्चालित कम्पनीहरुको आम्दानी न्यून र तिर्नुपर्ने ब्याजको हिस्सा धेरै भएपछि ऋणमा जोखिम बढेको भनेर रेटिङ कम्पनीले तीनलाइ ुवाच लिस्ट’मा राखेका छन् । यसैगरि सिमेन्ट र स्टील उद्योग तथा अटोमोबाइल्स कम्पनी पनि त्यही समुहमा छन् ।
आर्थिक स्तर खस्केका कुल ३४ कम्पनीमा बैंक तथा वित्त सस्थाहरुले १ खर्ब १३ अर्ब ६२ करोड बराबरको कर्जा स्वीकृत गरेका छन् । यसमा प्रवाह भएको ऋण, प्रतितपत्र र बैंक ग्यारेन्टी पनि समाविष्ट छ ।नेपाल राष्ट्रबैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५० करोड रुपैयाँ भन्दामाथिको कर्जा लिँदा र नविकरण गर्दा अनिवार्य क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था गरेको थियो । त्यो भनेको कम्पनीको ऋण तिर्ने क्षमता केकस्तो छ भनेर गरिने अध्ययन हो ।
रेटिङ गर्दा व्यवसायको वातावरण, बिक्रीदर, उत्पादन लागत र उठ्न बाँकी रकमको परिमाण हेरिन्छ । लकडाउनले निम्त्याएको आर्थिक मन्दीले मानिसको उपभोग गर्ने क्षमतामा ह्रास आएको छ । र, त्यसको नतिजा अटोमोबाइल्स, स्टील र सिमेन्ट उद्योगका साथै निर्माण कम्पनीहरु जोखिमपूर्ण हुन पुगेका छन् । पर्यटन तथा अटोमोबाइल क्षेत्रकै भएपनि कम ऋण लिएका र आफ्नै पुँजीमा सञ्चालित कम्पनीको भने ऋण क्षमता कमजोर भएको छैन । आम्दानी नभए पनि ब्याज खर्च नबढेकोले तिनको लगानी तत्कालका लागि सुरक्षित नै रहेको मान्नुपर्छ ।
News Desk 0 response बिहिबार, असार ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



