

-
चितवन । दुई वर्षयता उतारचढावमा रहेको पोल्ट्री व्यवसाय लकडाउन खुकुलो भएसँगै लयमा फर्किँदै छ । यसका कारण कृषकहरुले विस्तारै राहत महसुस गर्न थालेका छन् । नेपालको आत्मनिर्भर व्यवसायको रुपमा परिचित पोल्ट्री लकडाउनको शुरुआती चरणमा निकै खस्केको थियो । लकडाउन शुरुभएदेखि दुई साता अघिसम्म घाटामा रहेको व्यवसाय अहिले लागत धान्ने अवस्थामा आइपुगेको व्यवसायीहरु बताउँछन् ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार चल्ला लागत मूल्यभन्दा केही मुनाफा राखेर बिक्री हुन थालेका छ । ब्रोइलर चल्ला रु ६०, लेयर्स रु ९० र कोइलर रु ७० मा बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको लागत मूल्य रु ५७.४५, लेयर्सको रु ९० र कोइलरको रु ४५ पर्न आउँछ । हाल सातामा ब्रोइलर चल्ला ३० लाख, लेयर्स एक लाख ५० हजार र कोइलर दुई लाख ५० हजार उत्पादन हुने पोखरेलले जानकारी दिए । उत्पादित चल्ला सबै बिक्री हुन थालेको छ । ब्रोइलर चल्लाको उत्पादन सातामा पाँच लाख हाराहारी घटेको उनले जानकारी दिए ।
लकडाउनको समयमा कुखुरा पाल्ने घटेसँगै मासुको अभाव हुन थालेको छ । फार्मबाट प्रतिकिलो जिउँदो कुखुरा रु २७० देखि रु २८० सम्ममा बिक्री हुन थालेको छ । जिउँदो खुकुराको लागत मूल्य रु १८० हो । चितवनको बजारमा तयारी मासु प्रतिकिलो रु ४०० सम्ममा बिक्री हुने गरेको छ ।
दुई साता अघिबाट चल्ला बिक्री हुन थालेको हो । लकडाउन शुरु भएपछि व्यवसायीले बिक्री नभएसम्म चल्ला नष्ट गर्दै आएका थिए । यससँगै अण्डाको मूल्य पनि बढ्न थालेको छ । माग बढेसँगै मूल्य बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार हाल ठूलो अण्डाको बिक्री मूल्य फार्ममा रु ३०५ र मध्यम अण्डाको रु २९१ मा रहेको छ । बजारमा अण्डाको अभाव भएका कारण बिक्री मूल्य बढ्दै गएको छ ।
पोल्ट्री व्यवसायी मदन पोखरेलले अण्डा पाउन मुस्किल भएपछि व्यापारीले ठूलो अण्डा रु ३२५ सम्ममा बिक्री गर्ने गरेको जानकारी दिए । हाल अण्डाको उत्पादन कम रहेको छ । लकडाउन अघिकोभन्दा दैनिक १० लाख गोटा कम अण्डा उत्पादन भएको अध्यक्ष केसीले बताए । अहिले दैनिक २५ देखि २६ लाख अण्डा उत्पादन भइरहेको छ । रासस
News Desk 0 response मङ्लबार, असार ९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



