

-
लम्की । सुत्केरी, रक्तअल्पता र सिकलसेलका बिरामीलाई रगत आपूर्ति गर्दै आएको टीकापुरस्थित रक्त सञ्चार केन्द्रमा रगतको माग बढ्न थालेको छ । टीकापुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा थप भएपछि रगतको माग बढ्न थालेको हो ।
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित केन्द्रले महिनामा १०० पिण्ट बढी रगत आपूर्ति गरेको छ । विगतमा सुत्केरीलाई आवश्यक पर्ने रगत आपूर्ति गरिएकामा यतिखेर स्त्रीरोग विशेषज्ञ डा गौरी रिजालले सेवा दिन थालेपछि रगतको माग बढ्न थालेको हो ।
टीकापुर अस्पतालमा दिनहुँ तीनदेखि पाँच शल्यक्रिया हुन थालेका छन् । यसरी अधिकांशलाई रगत आवश्यक पर्ने भएपछि केन्द्रलाई रगत आपूर्ति गर्न धौधौ परेको केन्द्रका संयोजक टेकराज बिनाडीले बताए । ‘‘विगतमा भन्दा चार महिनायता रगतको माग बढेको छ, यसको एउटै कारण अस्पतालमा शल्यक्रिया गर्ने संख्या बढेको छ’’, संयोजक बिनाडीले भने, ‘‘अब रगत आपूर्ति गर्ने विषयमा रेडक्रसले थप योजना बनाउनुपर्ने देखियो ।’’
विगतमा चार चिकित्सक कार्यरत रहेको अस्पतालमा विशेषज्ञ चिकित्सक एक जना मात्र थिए । हाल विशेषज्ञ चिकित्सक सात र पाँच मेडिकल अधिकृतसहित १२ जना कार्यरत छन् । छ महिनादेखि टीकापुरमा रगतको माग बढे पनि रगत आपूर्तिमा भने समस्या हुने गरेको रेडक्रस उपशाखाले जनाएको छ । रगत आपूर्तिका लागि नेपाल रेडक्रस सोसाइटी टीकापुरले संघसंस्था र प्यक्तिलाई हारगुहार गरेर आपूर्ति गर्दै आएको छ ।
News Desk 0 response मङ्लबार, असार ९, २०७७
चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार दुई सय पिण्ट रगत खपत भइसकेको छ । रगतको माग बढेपछि टीकापुरमा बन्दाबन्दी समयमा दुई सय पिण्ट रगत सङ्कलन भएको छ । बन्दाबन्दीमा बिरामीलाई रगत अभाव हुन थालेपछि स्थानीय युवा र संघसंस्थाले दान गरेका हुन् । अस्पतालमा चाहिने रगत यस क्षेत्रका संघसंस्था र व्यक्तिले दान गर्छन् । रेडक्रसको तथ्यांक हेर्दा टीकापुरमा महिनामा ७० देखि १३० पिण्ट रगत खपत हुने गरेको छ । रासस

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



