

-
रामपुर । पाल्पामा मौरीपालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ । कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरीपालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ । जिल्लामा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी पकेट क्षेत्र विस्तार गरी कार्यक्रम सञ्चालनमा आएको छ । केन्द्रको सहयोगमा तानसेन नगरपालिका–८ मदन पोखरामा मणि मौरीपालन पकेट समिति र बगनासकाली गाउँपालिका–८ स्थित बराङ्दीमा हिमाली मौरीपालन पकेट समितिमार्फत कार्यक्रम सञ्चालन गरिएको हो ।
मणि मौरीपालन पकेट समितिले गत वर्षदेखि नै मौरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । समितिले एक हजार २०० मौरी घारमा मौरी पकेट कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा यहाँका २३ घरका कृषक आबद्ध छन् जसमध्ये कम्तिमा एक घरले ५० देखि बढीमा १५० सम्म घारमा मौरीपालन गरेका छन् ।
चालू आवमा केन्द्र र पकेट समितिको समन्वयमा २१ लाख ५०० को लागतमा ३३३ खाली मौरीघार तथा मौरीजन्य सामग्री, औषधि कृषकलाई वितरण गरिएको समितिका अध्यक्ष तेजबहादुर भण्डारी बताउँछन् । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत गत वर्ष १०० मौरीघार ज्ञान केन्द्रले उपलब्ध गराएको थियो । “मौरीपालनबाट कृषकको आयस्रोत बढ्दै गएको छ, मौरीघार र महको माग धेरै आएपनि अहिले परिस्थिति सहज नभएकाले बिक्री गर्न सकिएको छैन”, उनले भने । केन्द्रले मौरीपालनमा लगानी गरिदिएपछि यहाँका कृषक आफैले घार थपेर व्यावसायीकतामा जोड दिएका छन् ।
चालू आवदेखि नै शुरु भएको हिमाली मौरी पकेट समितिले ज्ञान केन्द्रको १४ लाख ८० हजार र समितिको १४ लाख ८० हजार लगानीमा समन्वय गरी कार्यक्रम चलाएको छ । सो रकमबाट ३२ कृषकलाई हालै २०० वटा गोलासहितको मौरीघार दिइएको छ । साथमा मौरी स्ट्याण्ड ३००, आधार चाका २०० किलो, चिनी ६ हजार किलो (पाँच सय घारलाई प्रतिघार १२ किलोको दरले), टोपी ६० वटा, पञ्जा १००, मौरी उठाउने झोला १२, मौरी रानी राख्ने भाँडो (क्वीन क्याच) १००, क्वीन गेट ३०० र मौरीमा लाग्ने रोग निराकरणका लागि औषधि वितरण गरिएको समितिका अध्यक्ष पशुपति बस्याल बताउँछन् ।
पकेट समितिमा ५५ कृषक छन् भने ५५० घारमा मौरीपालन गरिएको छ । घार बढाउने र यसैबाट कृषकलाई आर्थिकरुपमा अब्बल बनाइने बताइएको छ । “मौरीपालन व्यवसायमा कृषक आफैँले गोला तथा घार थप्दै गएका छन्, ज्ञान केन्द्रको मात्र भर नपरी आफैँले लगानी बढाउँदै गएपछि अहिले आम्दानी लिन शुरु गरेका छन्”, ज्ञान केन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठक बताउँछन् । कार्यक्रम सञ्चालनका लागि एक पकेट क्षेत्रमा कम्तीमा ५०० गोलासहित मौरीघार हुनुपर्नेछ । महको उत्पादन वृद्धि हुन थालेपछि कृषकले बाहिरी बजारमा पुर्याउन प्याकिङ्ग गरेर पठाउने तयारीमा छन् । मौरीपालनका लागि प्रशस्त जग्गा चाहिँदैन । करेसाबारी, घरका आँगन तथा बारीका कान्ला, बगैँचामा मौरीघार राखेर कमाइ गर्न सकिन्छ । कृषकको आयस्रोत वृद्धि गर्न पकेट क्षेत्र विस्तारमा जोड दिइएको ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । जिल्लाका तानसेन र रामपुर नगरपालिका, बगनासकाली, निस्दी, तिनाउँ, पूर्वखोलालगायतका गाउँपालिकामा मौरीपालनमा कृषकको आकर्षण बढ्दो छ । स्थानीय तहले मौरीपालनमा प्रोत्साहन गर्दै बजेट उपलब्ध गराउन थालेपछि प्रत्येक घरमा मौरी पाल्न थालेका छन् । रासस
News Desk 0 response मङ्लबार, असार ९, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२