

-
काठमाडौँ । लामो समयदेखिको लकडाउनका कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्चालन नहुँदा पोखरा महानगरपालिका–३२ मझुवामा गण्डकी ऊर्जा प्रालिले उत्पादन गरेको वायोग्यासको आधा पनि खपत हुनसकेको छैन भने किसानबाट माग हुँदाहुँदै पनि उत्पादित जैविक मललाई बजारमा लैजान नसक्दा खेर जाने अवस्था सिर्जना भएको छ । चार हजार घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक २०० सिलिन्डर सिएनजी ग्यास र तीन टन जैविक मल उत्पादन गर्न सकिन्छ ।
विसं २०७६ साउनदेखि उत्पादन शुरु गरी बजारमा आपूर्ति शुरु भइसकेको अवस्थामा लकडाउन हुँदा वायोग्यास खपत गर्ने मुख्य क्षेत्र स्थानीय उद्योग, होटल, रेस्टुराँ, पार्टी प्यालेस बन्द हुँदा ग्यास खेर गएको छ । उद्योगबाट निकालिएको बायोग्यास अहिले पोखराका मणिपाल शिक्षण अस्पताललगायत १६ वटा रेस्टुराँ र उद्योगले प्रयोग गरेकामा लकडाउनपछि अहिले होटल, रेस्टुराँले ग्यास लगेका छैनन् । यस्तै यातायात बन्द हुँदा भएकाले ढुवानी हुन नसक्दा मल किसानसम्म पुर्याउन कठिन भएको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङ बताउँछन् । लकडाउन विस्तारै खुकुलो भएसँगै ग्यासको माग बढ्न थालेको र धानखेती लगाउने समयसँगै मलको आपूर्ति पनि विस्तारै हुन थालेको उनको भनाइ छ ।
लकडाउन अघिसम्म दैनिक १०० सिलिन्डरसम्म उत्पादन गरेको थियो । एउटा सिलिन्डरमा १० किलो ग्यास भर्ने कम्पनीले जनाएको छ । उत्पादित ग्यास खेर जान नदिन भण्डारण गर्न सकिने भएपनि अहिले कम्पनीसँग भएका सबै सिलिन्डर भरिएकाले समस्या भएको कम्पनीले जनाएको छ । “उत्पादन बन्द गर्दा ब्याक्टेरिया मर्ने भएकाले उत्पादन रोक्नै मिल्दैन,” उनले भने, “न्यूनतम उत्पादन गर्दा पनि दैनिक ३०० सय किलो ग्यास खेर फाल्नुपर्ने बाध्यता छ ।” लकडाउनका कारण क्षमताअनुसार ग्यास र मल उत्पादन गर्न नसक्दा ठूलो क्षति बेहोर्नुपरेको गुरुङ बताउँछन् । उद्योग चलाउँदा लिएको ऋणको ब्याज नै मासिक १५ लाख रुपैयाँ तिर्नुपर्छ भने आयोजना निरन्तर चलाउँदा मासिक २५ लाख खर्च हुने गरेको उनको भनाइ छ ।
गाई भैंसीको गोबर, कुखुराको सुली, बङ्गुरको खोरबाट निस्केको लिदी, ऊखु मिलबाट निस्केको फोहोरलगायत ४५ टन फोहोर प्रशोधन हुने प्लान्टबाट अहिले नियमित ग्यास उत्पादन हुने गर्दछ भने प्लान्टले ग्यास उत्पादनसँगै दैनिक तीन टन मल पनि उत्पादन गरिरहेको छ । जर्मन प्रविधिबाट निर्मित यस प्लान्टले उत्पादन गरेको जैविक मल अन्नपूर्ण अर्गानिक मलको ब्राण्डमा बजारमा बिक्री वितरणमा आएको छ ।
उत्पादन भएको वायोग्यास सिलिन्डरमा भरेर बिक्री वितरण गरिएको छ । ‘‘घरायसी प्रयोजनमा प्रयोग गर्नका लागि सिलिन्डरमा भरेर बिक्री गरिएको भए पनि सरकारको स्पष्ट नीति भएमा आठ हजार घरधुरीमा पाइप लाइनबाट पु¥याउन सकिनेछ’’, उनले भने । प्लान्टबाट उत्पादन भएको ग्यासमा ९० प्रतिशत मिथेन हुने तथा आयातित एलपी ग्यासको तुलनामा किफायती, बढी प्रज्वलनशील र वातावरणमैत्री भएको उनको भनाइ छ । एलपी ग्यास तरल हुने हुँदा केही अंश सिण्डिरको फेदमा जम्ने गर्दछ तर वायोग्यास पूर्णरुपमा ग्यास भएकाले उपभोक्ताले सिलिण्डरको पूरै ग्यास खपत गर्न सक्नेछन् । प्रतिसिलिन्डर एक हजार १५९ रूपैयाँमा बिक्री हुन्छ । उनले भने, ‘‘चार सिलिण्डर एलपी ग्यास बराबर तीन सिलिण्डर वायोग्यास हुन्छ ।’’
News Desk 0 response मङ्लबार, असार ९, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



