• काठमाडौँ । कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा मंगलबार ४०० ले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा सोही परिमाणको पहेँलो धातुको मूल्य ९० हजार ६०० कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी ९४० मा खरिदबिक्री भइरहेको छ । लकडाउनयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो ।