

-
रियाद । साउदी सरकारले यस पटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यस पटक साउदी अरेबियाको सरकारले हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने जनाएको छ ।
आगामी जुलाई महिनाको अन्त्यतिर आउन लागेको सो हजमा कोरोना भाइरसको प्रकोप फैलिने खतराका कारण धेरै संख्यामा मानिस जम्मा हुन नदिने घोषणा गरेको मङ्गलबार अल जाजिरा मिडियाले जनाएको छ ।
साउदी अरेबियामा हरेक वर्ष विश्वका मुस्लिम समुदायका लाखौँ व्यक्ति उपस्थित हुने गरेको छन् । यस पटक पनि हजको समय नजिकिँदै गर्दा आएको विश्वव्यापी चासोपछि उक्त साउदी अरेबियाली सरकारले यस्तो जानकारी गराएको हो ।
साउदी अरेबियाको हज मन्त्रालयले सो कुराको जानकारी दिएको साउदी अरेबियाका सरकारी मिडियाले जानकारी दिएका अल जाजिराले मङगलबार जनाएको समाचारमा उल्लेख छ । अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेको तर पनि त्यसको औषधि या खोप केही पनि नआएको अहिलेको अवस्थामा सामाजिक दुरी कायम गरेर मात्र हिँड्नु पर्ने अवस्था रहेको छ ।
तर साउदी अरेबियामा लाखौँको संख्यामा विश्वका मुस्लिम समुदायका नागरिक आउने गरेका र उनीहरुकाबीचमा यस्तो सामाजिक दुरी पनि कायम गर्न गाह्रो पर्ने भएकोले यहाँको सरकारले यस्तो निर्णय गरेको बताइएको छ ।
हज मुस्लिम समुदायको ठूलो तीर्थ मानिन्छ र मुस्लिम समुदायका विश्वका नागरिकहरु पनि कम्तीमा जीवनमा एक पटक हजका लागि त्यहाँ जानुपर्छ भन्ने मान्यता राख्दछन् । यसै कारणले पनि हरेक वर्ष साउदी अरेबियाको मक्कामा कम्तीमा पनि २० लाख मानिस उपस्थित हुने गर्दछन् ।
त्यस अवसरमा विश्वका विभिन्न देशबाट पनि मुस्लिम समुदायमा नागरिक त्यहाँ पुग्ने गर्दछन् । त्यसैले यति ठूलो संख्याका मानिस उपस्थित हुँदा त्यसबाट पनि कारोना भाइरस फैलिन सक्ने भन्दै साउदी अरेबियाको सरकारले सो नियम बनाएको बताएको छ ।
साउदी अरेबियामा पनि ठूलो संख्यामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ कम्तीमा पनि १ लाख ६० हजार मानिस यसका संक्रमित छन् । साथै यहाँका एक हजार ३०७ जना मानिसको यो संक्रमणबाट ज्यान गएको छ । मध्यपूर्वी देशहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।
यहाँ पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको पनि देखिएको छ । जसका कारण यहाँको सरकारले पनि निकै कडा पारेको छ । यस वर्षको हजका अवसरमा यहीँका नागरिक पनि थोरै संख्यामा मात्र उपस्थित हुने र विदेशबाट पनि थोरै मात्र मानिसलाई प्रवेशाज्ञा दिने भएको बताइएको हो ।
इन्डोनेसियाले यसवर्ष २ लाख २१ हजार जनालाई हजका लागि पठाउने बताएको थियो । तर कोरोना भाइरसको प्रकोपमा सो देश पनि परेकोले यस वर्ष त्यहाँबाट कोही पनि हजका लागि मक्का नपुग्ने जानकारी गराएको छ । रासस/एएनआई
News Desk 0 response मङ्लबार, असार ९, २०७७


सम्बन्धित शीर्षकहरु
-
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
युक्रेनसँगको शान्ति वार्तामा रुसी राष्ट्रपति पुटिन सहभागी..
बिहिबार, जेष्ठ २, २०८२
-
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२