

-
हेटौँडा । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार उद्योग सञ्चालनमा आएपनि पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिइएको छ । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको उनले बताए ।
व्यवस्थापन लिमिटेडका अनुसार सो औँद्योगिक क्षेत्रका एसियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ । लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक ३० करोड घाटा हुने गरेको थियो ।
त्यसैगरी सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाइएको छ । सो उद्योग विगत एक महिनादेखि जनशक्ति अभावले ५० प्रतिशत क्षमतामा चलेको थियो । तर, उद्योगका लागि आवश्यक पर्ने चुनढुङगा र कोइलाको समस्या रहेको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए । अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको सो उद्योगमा अहिले उत्पादनमा कमि रहेको बताइएको छ । उद्योगमा विगतमा उत्पादन गरिएका तीन लाख बोरा सिमेन्ट बिक्री वितरणको कार्य भइरहेको छ । सो उद्योगमा ३४२ जना कर्मचारी र मजदूर रहेको भए पनि हाल ५० जना जनशक्तिबाट उद्योग सञ्चालन भइरहेको छ । रासस
News Desk 0 response मङ्लबार, असार २, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३ -
आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



