

-
रामपुर । रम्भा गाउँपालिका १ हुँगीका कृषक स्वतन्त्रदेव पन्त लिची बिक्री गरेर गत वर्ष चार लाख आम्दानी गर्न सफल भए । लिची व्यवसायबाटै आफ्नो पहिचान बनाएका पन्त यस वर्ष भने उत्पादन घटेपछि चिन्तामा छन् ।
उनका सानाठूला गरी करीब दुई सय बोट लिची छन् । गत वर्ष छ हजार किलो लिची बिक्री गरेका पन्तले यस वर्ष मुश्किलले दुई हजार किलोसम्म उत्पादन भएको बताए । व्यावसायिक रुपमा दश वर्षअघिदेखि खेती गरेका पन्त उत्पादनमा ठूलो अनुपातले कमी आएको अनुभव अहिले पहिलो पटक मात्र भोगेको बताउँछन् । यस वर्ष करीब एक लाख पनि कमाइ लिन नसक्ने अवस्था रहेको उनको भनाइ छ ।
सोही ठाउँकै अर्का व्यवसायी युवराज पन्तले ठूला १५ र अन्य साना गरी करीब २५ बोट लिची लगाएका छन् । वर्षेनी ६० हजार देखि ८० हजारसम्म आम्दानी गर्ने उनी यस वर्ष अघिल्लो वर्षको तुलनामा आधाभन्दा कम फलेकाले लिचीबाट आयस्रोत नै घटेको बताउँछन् । लिची पकेट क्षेत्र हुँगीमा गत वर्ष करीब ६० टन उत्पादन भई बजारमा खपत भएको थियो । यस वर्ष करीब १५÷२० टन मात्र उत्पादन हुने व्यवसायीको अनुमान छ । हुँगी क्षेत्रमा मात्र झण्डै चार सय घरपरिवारले लिची लगाएका छन् । यहाँका सबैका बारीमा कम्तीमा एक बोट भए पनि लिची छन् ।
रामपुर नगरपालिका क्षेत्रका कृषक भने लिची समयमा नै बजारमा बिक्री गर्न नपाउँदा समयामा परेका छन् । लिची बोटमा पाकेर भुइँमा झर्न थाले पनि बिक्री गर्न नपाउँदा रामपुर गेझाका कृषक पीताम्बर ओेस्ती चिन्तामा छन् । गत वर्ष प्रतिकिलो ६५ देखि ८० सम्ममा लिची बिक्री गरेका कृषक यस वर्ष भने ५०÷५५ मा बिक्री गर्न बाध्य छन् । कृषि ज्ञानकेन्द्र पाल्पाका वागवानी विकास अधिकृत सन्तोष पाठक गत वर्षको तुलनामा करीब ७० प्रतिशतले उत्पादन घटेको बताउँछन् । कृषकले पुराना बगैँचाको व्यवस्थापन नगर्नु, उन्नत प्रविधिका कृषि क्रियाकलापको अभाव, सुलसुले कीराको बिगबिगी, रासायनिक तथा प्राङ्गारिक मलखाद व्यवस्थापनमा कमी भएकाले उत्पादन घटेको उनले जानकारी दिए ।
जिल्लाका रामपुर र तानसेन नगरपालिका तथा रम्भा र तिनाउ गाउँपालिकाका केही क्षेत्र लिची उत्पादनका पकेट क्षेत्र मानिन्छ । जिल्लामा २९२ हेक्टर क्षेत्रफलमध्ये उत्पादनशील १५१ हेक्टर क्षेत्रफलमा लिची खेती गरिन्छ । मलजल र सिंचाइको मात्रा मिलेमा एक बोटमा पाँच सय किलोसम्म उत्पादन लिन सकिन्छ ।
साविक जिल्ला कृषि विकास कार्यालयले अनुदानमा लिचीको बिरुवा वितरण गरेपछि व्यावसायिक रुपमा लिची खेती गर्ने कृषकको जिल्लामा आकर्षण बढ्दो छ । जिल्लास्थित विभिन्न स्थानीय तहले पनि खाली रहेका जमीनबाट आयस्रोत लिने गरी अनुदानमा लिचीका बिरुवा उपलब्ध गराएपछि बिरुवा खरीद गर्न कृषकलाई सजिलो भएको छ । रासस
News Desk 0 response सोमवार, असार १, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



