

-
नयाँदिल्ली । भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ ।
भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ७९८ जना संक्रमण मुक्त भएका छन् ।
भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख ७ हजार ९५८ जना संक्रमित भएका छन् । महाराष्ट्रमा ५३ हजार ३० जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना संक्रमित रहेका छन् । रासस/एएनआई
News Desk 0 response सोमवार, असार १, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२