

-
हेटौँडा । भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले जनाएको छ ।
जलेश्वर भन्सार नाकाबाट जाँचपास गर्ने सम्बन्धमा चिनीको गुणस्तरमा विवाद आएपछि राजश्व अनुसन्धानले चिनीको गुणस्तर तथा राजश्वसमेत छानबिन गरेको कार्यालय प्रमुख राजन विसीले बताए । भन्सार नाकाबाट जाँचपास गराउने क्रममा खाद्य कार्यालय जलेश्वरले उक्त चिनी खान अयोग्य भनी प्रमाणित गरेको थियो । पछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट जाँच गराउँदा उक्त चिनी खानयोग्य प्रमाणित भएको थियो ।
चिनी भारतको उत्तर प्रदेश बाहराइच जिल्लाको सिम्भावली सुगर मिलबाट आयात गरिएको बताइएको छ । काठमाडौँको मनोहरा नगरपालिकास्थित एक व्यावसायिक फार्मले सो चिनी मगाएको कार्यालय प्रमुख बिसीले बताए । छानबिन भइरहेको ट्रकसहित चिनी सम्बन्धमा बारा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराइएको छ । रासस
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२