

-
रामपुर । निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले उत्पादनको पहिलो वर्ष १५ हजार र दोस्रो वर्ष एक लाख ५० हजारको अलैँची बिक्री गर्न सफल भए । तेस्रो वर्ष (गत वर्ष) मौसम उपयुक्त नभएकाले उत्पादन कम हुँदा ५० हजारको आम्दानी भएको छ । यो वर्ष करीब दुई क्वीन्टल उत्पादन हुने उनको अनुमान छ । ‘खेती गर्ने तरिका जानेमा खेर गएका पाखो जग्गा पनि पैसा फल्ने हुँदो रहेछ, वर्षेनी पाँच सयदेखि छ सयसम्म बिरुवा थप गर्दै गइरहेको छु’, बयम्बुले भने । बिरुवा लगाइएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ ।
छ वर्षअघि इलाम भ्रमणमा गएका बेला एक विरुवा ल्याएर खेती शुरु गरेका बयम्बु नै त्यस क्षेत्रमा अलैँचीको खेती शुरु गर्ने पहिलो व्यक्ति हुन् । यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यस अगाडि कसैलाई जानकारी थिएन । बयम्बुले लगाएको अलैँचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको छ ।
गाउँपालिकाले अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत चालु आवमा एक लाख ८७ हजार ५०० सहयोग गरेको छ । सो रकम अलैँचीको विरुवा, प्लाष्ट्रिक स्पेयर, विषादी, अलैँची सुकाउने भट्टी र फल काट्ने कैँची खरीदमा खर्च गरिने भएको छ । पन्ध्र हजार अलैँचीका बिरुवा खरीद गरी कृषकलाई वितरण गर्ने कार्यक्रम रहे पनि बन्दाबन्दीले लमजुङको भोटेओडारबाट बिरुवा खरीद गरेर ल्याउन समस्या परेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउँछन् । उनी भन्छन्, ‘एक वडा एक पकेट क्षेत्र कार्यक्रम अन्र्तगत यस क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालिएको छ, खेती गर्न छाडिएका प्रशस्त पाखोबारी रहेको जग्गामा कृषकले अहिले अलैँची लगाएर हरियाली बनाएका छन् ।’ रासस
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३



