

-
चितवन । असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् । जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ । घण्टौँसम्म लाइन बस्दासमेत डिएपी र पोटास पाए पनि कृषकले अहिले युरिया मल पाउन सकेका छैनन् ।
धान रोपिसकेपछि बालीमा हाल्नका लागि अवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पुर्याउन नसकिएको कृषि सामग्री कम्पनी लि शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए । उनका अनुसार धान खेतीका लागि मात्र जिल्लामा १५ हजार मेट्रिक टन माग भएको छ । तर अहिले साल्टटे«डिङ र आफूसँग युरिया मल नभएको उनले बताए ।
लामो समयसम्म विश्वव्यापी लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो । साल्ट ट्रेडिङले तीन हजार मेट्रिकटन युरिया मल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मलको अभाव रहेको गौतमले बताए । उनले भने, “अहिलेसम्म मौज्दातबाट चलेको थियो । अब कतै छैन । लकडाउनले आउनुपर्ने मल रोकिएको छ ।”
लकडाउन खुलेसँगै आपूर्ति सहज हुने उनको भनाइ छ । जिल्लामा वर्षेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाउँदै आएको छ । वर्षेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मलको अभाव भएपछि प्रदेश सरकारसँग आपूर्ति सहजताका लागि आग्रह गरिएको जानकारी दिए । मल ल्याएर बिक्री गर्ने संस्थाले सहजरूपमा आपूर्ति गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । मलको व्यवस्थापनका लागि छलफल भइरहेको उनले जानकारी दिए । रासस
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२