

-
बागलुङ । जिल्लाका चार कोरोना सङ्क्रमित धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएका छन् । गत १४ गते सङ्क्रमण पुष्टि भएका तमानखोला गाउँपालिकाका २७ वर्षीय दुई र बडिगाड गाउँपालिकाका १९ र २० वर्षीय दुई युवक कोरोनामुक्त भएका हुन् ।
पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताए । “चारै जना स्वस्थ हुनुहुन्छ, आइसोलेसनमा रहँदा कुनै लक्षण पनि देखिएन”, उनले भने । एकैसाथ सङ्क्रमण देखिएका तमानखोलाकै दुई युवकको भने पछिल्लो परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि अस्पतालको बसाइ लम्बिएको छ । लगातार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि मात्र सङ्क्रमितलाई घर पठाउने गरिन्छ ।
निको भई घर फर्केपछि पनि केही समय अलग्गै बस्न र सावधानी अपनाउन भनिएको प्रमुख चिकित्सक पोखरेलले बताए । योसँगै जिल्लामा कोरोना लागेर निको हुनेको सङ्ख्या छ पुगेको छ । यसअघि गत चैतमा सङ्क्रमित बागलुङ नगरपालिकाका दुई महिला कोरोनामुक्त भइसकेका छन् ।
जिल्लामा हालसम्म भेटिएका कूल ४० सङ्क्रमितमध्ये अब ३४ जनामा मात्र कोरोना भाइरसको सक्रिय सङ्क्रमण छ । उनीहरुमध्ये १३ धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा छन् भने बाँकी धवलागिरि बहुमुखी क्याम्पस र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको ‘प्रिआइसोलेसन’मा छन् । सङ्क्रमितमध्ये बागलुङ नगरपालिकाका दुई महिलालाई बेल्जियमबाट आएपछि कोरोना देखिएको थियो । बाँकी सबै सङ्क्रमित हालै भारतबाट आएका हुन् । चिकित्सकका अनुसार सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन । रासस
News Desk 0 response बिहिबार, जेष्ठ २९, २०७७

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


