

-
लमही । खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।
परिवर्तन कृषि सहकारी संस्थाले कृषकलाई खेतीपातीका लागि आवश्यक पर्ने दुई सय बोरा अनुदानको रासायनिक मल माग गरेकामा युरिया र डिएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले बताए । सहकारीमा सोमबार मल लिन आएका कृषक सुन्दरलाल चौधरी नपाएर रित्तो हात फर्किए । ‘‘धान खेतीका लागि मल लिन आएको थिएँ तर मल पर्याप्त मात्रामा नआएकाले सकियो भने’’, उनले भने । ढुवानी बन्द हुँदा जिल्लाका घोराही, तुलसीपुर र लमही नगरपालिकामा मलको अभाव देखिएको हो । जिल्लामा लकडाउनका समयमा पनि ढुवानी भएर आएको मल सबै सहकारीलाई वितरण गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीले घोराहीमा डिएपी केही मात्रामा भए पनि युरिया भने नभएको जानकारी दिए । उनका अनुसार जिल्लामा यसअघि नियमित मल आए पनि हाल भने अभाव देखिएको छ । कम्पनीको सिफारिसमा इच्छुक सहकारीले भने भैरहवाबाट मल ल्याउने गरेको केसीको भनाइ छ । ‘‘हामीसँग स्टक छैन, जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले पनि आवश्यक मलका लागि सिफारिस दिने भन्ने निर्णय भएको छ’’, केसीले भने ।
त्यसैगरी कृषि सामग्री कम्पनी तुलसीपुरले पनि अनुदानको रासायनिक मल सकिएको जनाएको छ । कम्पनीमा आएको मल जति सबै सोमवार वितरण गरेसँगै अब एक बोरा पनि मल मौज्दात नभएको बताइएको छ । जिल्लामा २५० मेट्रिक टन मल आवश्यक पर्नेमा घोराही, तुलसीपुर र लमहीमा मात्र १०० मेट्रिक टन आवश्यक पर्ने बताइएको छ । आफूहरुलाई मल ल्याउन भैरहवा जान भनिएको तर बन्दाबन्दीका समयमा आफूहरु जान नसकेको सहकारी बताउँछन् । जिल्लामा कृषि सामग्री कम्पनीले कृषि सहकारीमार्फत अनुदानको मल किसानलाई उपलब्ध गराउँदै आएको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ २८, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२