

-
बलेवा । ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यान्न बालीले गुजारा नचलेपछि ताराखोलाका अधिकांश किसानले नगदेबाली लगाउन थालेका छन् । उनीहरु नगदेबालीतर्फ लागेको केही वर्ष भयो ।
कसैले आलुको व्यावसायिक खेती गर्छन् भने कसैले खेतबारी र पाखाहरुमा अलैँची लगाएका छन् । ओसिलो ठाउँमा हुने मसला बाली हो अलैँची । यसको उत्पादनका लागि आवश्यक वातावरण भएकाले ताराखोलामा अलैँची राम्रो फल्छ । गत वर्ष पनि यहाँका किसानले झण्डै एक हजार ५०० किलो अलैँची फलाएका छन् । मङ्सिरमा टिप्ने र बिक्री तथा भण्डारपूर्व सुकाउने वा भट्टीमा राख्नुपर्ने भएकाले किसानले चैत वैशाखसम्म यसको तयारी सक्ने गरेका छन् ।
किसानले विधि पुर्याउँदा–पुर्याउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीले यो वर्ष ताराखोलाको अलैँची बजारसम्म पुर्याउन सकिएन । “सिजन शुरु हुँदा लकडाउन भै दियो, ढुवानीकै समस्या भयो”, ताराखोला गाउँपालिका–१ भुस्कातका व्यावसायिक अलैँची किसान दीपेन्द्रध्वज भण्डारीले भने, “आम्दानी राम्रो हुन्थ्यो, बेच्न पाएको भए खर्च चल्थ्यो ।”
घुमुवा व्यापारी र बिचौलिया छलेर यो वर्ष सिधै बजारमा अलैँची पुर्याउने योजनामा किसान थिए । गाउँमै खोज्न आउनेहरुले केहीले धेरै केहीले किसानको दुःखसमेत नउठ्ने गरी मूल्य दिने भएकाले बजारसँगको सिधा सम्पर्क बढाउन चाहेको उनले बताए । “वर्षेनी उत्पादन बढ्दै जाने बाली हो अलैँची”, भण्डारीले भने, “यो वर्षको घरमै थन्कियो भने अर्को वर्षको उत्पादन लिने बेलासम्म रहन्छ ।”
राताखोलाको भुस्कातमा मात्रै हजार रोपनीभन्दा धेरै जमिनमा व्यावसायिक अलैँचीको खेती गरिएको छ । पालिकाका सबै वडाका ओसिलो ठाउँलाई एकीकृत गरेर अलैँची ब्लक घोषणा गरिएको छ । ब्लक भएकाले यहाँका किसानलाई बीउबिजन, भण्डारण र तालिमलगायतका सबै सुविधा कृषि ज्ञान केन्द्र पर्वतले दिने गरेको ताराखोला गाउँपालिकाका कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताए । “यहाँका किसानले दाना मात्रै होइन, बिरुवाबाट समेत राम्रै आम्दानी गर्दै आएका छन्”, उनले भने, “लकडाउनका कारण बिरुवाको निकासीमा पनि समस्या भएको छ ।”
ताराखोलामै व्यावसायिकरूपमा अलैँचीका बिरुवा उत्पादन र बिक्री गर्दै आएको राष्ट्रिय अलैँची विकास कृषि उपज केन्द्रले गत वर्ष झण्डै छ लाखका बिरुवा बिक्री गरेको थियो । यो वर्षसमेत एक लाख बिरुवा तयार गरेर बिक्री गर्ने योजना भए पनि लकडाउनका कारण समस्या भएको केन्द्रले जनाएको छ । ताराखोलाको अलैँची प्रतिकिलो ७०० भन्दा धेरै मूल्यमा बिक्री हुने गरेको छ । यहाँ उत्पादित बिरुवा छ प्रतिगोटामा बिक्री हुने गरेका छन् । कृषि उपजको निकासी र बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने किसानको माग छ । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



