

-
बलेवा । ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यान्न बालीले गुजारा नचलेपछि ताराखोलाका अधिकांश किसानले नगदेबाली लगाउन थालेका छन् । उनीहरु नगदेबालीतर्फ लागेको केही वर्ष भयो ।
कसैले आलुको व्यावसायिक खेती गर्छन् भने कसैले खेतबारी र पाखाहरुमा अलैँची लगाएका छन् । ओसिलो ठाउँमा हुने मसला बाली हो अलैँची । यसको उत्पादनका लागि आवश्यक वातावरण भएकाले ताराखोलामा अलैँची राम्रो फल्छ । गत वर्ष पनि यहाँका किसानले झण्डै एक हजार ५०० किलो अलैँची फलाएका छन् । मङ्सिरमा टिप्ने र बिक्री तथा भण्डारपूर्व सुकाउने वा भट्टीमा राख्नुपर्ने भएकाले किसानले चैत वैशाखसम्म यसको तयारी सक्ने गरेका छन् ।
किसानले विधि पुर्याउँदा–पुर्याउँदै कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीले यो वर्ष ताराखोलाको अलैँची बजारसम्म पुर्याउन सकिएन । “सिजन शुरु हुँदा लकडाउन भै दियो, ढुवानीकै समस्या भयो”, ताराखोला गाउँपालिका–१ भुस्कातका व्यावसायिक अलैँची किसान दीपेन्द्रध्वज भण्डारीले भने, “आम्दानी राम्रो हुन्थ्यो, बेच्न पाएको भए खर्च चल्थ्यो ।”
घुमुवा व्यापारी र बिचौलिया छलेर यो वर्ष सिधै बजारमा अलैँची पुर्याउने योजनामा किसान थिए । गाउँमै खोज्न आउनेहरुले केहीले धेरै केहीले किसानको दुःखसमेत नउठ्ने गरी मूल्य दिने भएकाले बजारसँगको सिधा सम्पर्क बढाउन चाहेको उनले बताए । “वर्षेनी उत्पादन बढ्दै जाने बाली हो अलैँची”, भण्डारीले भने, “यो वर्षको घरमै थन्कियो भने अर्को वर्षको उत्पादन लिने बेलासम्म रहन्छ ।”
राताखोलाको भुस्कातमा मात्रै हजार रोपनीभन्दा धेरै जमिनमा व्यावसायिक अलैँचीको खेती गरिएको छ । पालिकाका सबै वडाका ओसिलो ठाउँलाई एकीकृत गरेर अलैँची ब्लक घोषणा गरिएको छ । ब्लक भएकाले यहाँका किसानलाई बीउबिजन, भण्डारण र तालिमलगायतका सबै सुविधा कृषि ज्ञान केन्द्र पर्वतले दिने गरेको ताराखोला गाउँपालिकाका कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताए । “यहाँका किसानले दाना मात्रै होइन, बिरुवाबाट समेत राम्रै आम्दानी गर्दै आएका छन्”, उनले भने, “लकडाउनका कारण बिरुवाको निकासीमा पनि समस्या भएको छ ।”
ताराखोलामै व्यावसायिकरूपमा अलैँचीका बिरुवा उत्पादन र बिक्री गर्दै आएको राष्ट्रिय अलैँची विकास कृषि उपज केन्द्रले गत वर्ष झण्डै छ लाखका बिरुवा बिक्री गरेको थियो । यो वर्षसमेत एक लाख बिरुवा तयार गरेर बिक्री गर्ने योजना भए पनि लकडाउनका कारण समस्या भएको केन्द्रले जनाएको छ । ताराखोलाको अलैँची प्रतिकिलो ७०० भन्दा धेरै मूल्यमा बिक्री हुने गरेको छ । यहाँ उत्पादित बिरुवा छ प्रतिगोटामा बिक्री हुने गरेका छन् । कृषि उपजको निकासी र बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने किसानको माग छ । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ २७, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२
-
सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब रुपैयाँ..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२