• काठमाडौं । बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको भन्दै संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाको राजीनामा मागिएको छ । अर्थमन्त्रीमाथि नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै सांसदहरुले राजीनामा मागेका हुन् । उनको संसदमै राजिनामा मागिएको हो ।

    नेमकिपाका सांसद प्रेम सुवालले उनको राजिनामा माग गरेका हुन् । नेकपाकै केही सांसदहरुले समेत खतिवडाको आलोचना गरेका छन् । भिम रावल, नवीना लामा लगायतले समेत समेत केही दिनअघि खतिवडाको चर्को आलोचना गरेका थिए ।
    बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दररेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ । जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताएका छन् ।