

-
चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई अनुदानमा स्थानीय कुखुराको चल्ला वितरण गर्ने भएको छ । त्यस क्षेत्रका पर्यटकीय गन्तव्यमा आउने पर्यटकलाई नयाँ स्वाद दिलाउने उद्देश्यले स्थानीयलाई चल्ला वितरण गर्न लागिएको हो ।
गाउँपालिका अध्यक्ष गीता गुरुङले आइतबार एक साताको सूचना प्रकाशित गरी विपन्न परिवारलाई सम्पर्कमा आउन आह्वान गरिएको जानकारी दिएकी छन् । उनीहरुलाई स्थानीय जातको कुखुराको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइनेछ ।
स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला दिइने र क्षमता भएमा सङ्ख्या थप गर्न सकिने उनको भनाइ छ । के–कति निवेदन आउँछ त्यसका आधारमा वितरण थालिनेछ । उनले ३०० परिवारजतिलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताइन् । यसले स्थानीयको जीवनस्तर उकास्न र पर्यटकलाई नयाँ स्वाद दिन सकिने उनको भनाइ छ ।
इच्छाकामना मन्दिर, सिराइचुली, उपरदाङ्गढी, लामो झरना जान र घुम्न पर्यटक आउने गर्दछन् । त्यस क्षेत्रका बासिन्दा र होमस्टे भएका हात्तीवाङ, मायाटार, चोकडाङ, सराथोक, साथीमुढेलगायतका क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई चल्ला वितरणको प्राथमिकतामा राखिएको छ ।
पछिल्लो समय स्थानीय जातका कुखुराको माग बढ्दै गएको छ । गाउँ घुम्न जाने जो कोहीको इच्छा स्थानीय कुखुरा खाने हुने गर्दछ । गाउँपालिकाले थोरै लगानीमा विपन्नलाई सहयोग पुर्याउन कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । रासस
News Desk 0 response सोमवार, जेष्ठ २६, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



