

-
न्यूयोर्क । न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् ।
मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो ।
मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए । न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो ।
अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ ।
न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गर्नु भएको थियो । तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । रासस/एपी
News Desk 0 response सोमवार, जेष्ठ २६, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



