

-
जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ ।
साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार सोमबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३४ लाख ६२ हजार १८५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख २४ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ७ हजार ४४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १२ हजार ४६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ११ लाख ४६ हजार ७५५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ४६ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा २२ लाख ८२ हजार ६६३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३५ हजार ७५८ जनाको मृत्यु भएको छ ।
युरोपमा २० लाख ९४ हजार ३२४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७८ हजार ९४३ को मृत्यु भएको छ ।
एसियामा १३ लाख ६७ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार १०६ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १ लाख ९२ हजार ११८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार २१५ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । रासस/एएफपी
News Desk 0 response सोमवार, जेष्ठ २६, २०७७

सम्बन्धित शीर्षकहरु
सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन
सोमवार, फाल्गुन ४, २०८२
बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालसहित १३ देशका राष्ट्र प्रमुखलाई निम्तो
सोमवार, फाल्गुन ४, २०८२-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
भारतको दिल्लीमा एआई शिखर सम्मेलन सुरू
सोमवार, फाल्गुन ४, २०८२ -
बङ्गलादेशका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री..
सोमवार, फाल्गुन ४, २०८२ -
रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण..
सोमवार, फाल्गुन ४, २०८२ -
मुग्लिन–मलेखु सडकमा कालोपत्र तीव्र
सोमवार, फाल्गुन ४, २०८२ -
पश्चिमी वायुको आंशिक प्रभाव : कस्तो रहला..
सोमवार, फाल्गुन ४, २०८२
-
आजदेखि देशभर एचपीभी खोप अभियान सञ्चालन गरिँदै
आइतवार, माघ २६, २०८२ -
हङकङका सञ्चार उद्यमी जिम्मी लाइलाई २० वर्षको..
सोमवार, माघ २७, २०८२ -
जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप..
सोमवार, माघ २७, २०८२ -
इङ्गल्यान्डसँग ४ रनले नेपाल पराजित
आइतवार, माघ २६, २०८२ -
कस्तो रहला आज दिनभरको मौसम
आइतवार, माघ २६, २०८२



