

-
कास्की । वैकल्पिक फुटबल मैदानको रूपमा विकास गर्ने गरी काम शुरु गरिएको पोखरा महानगरपालिका–१९ लामाचौरस्थित गोस्तेघाट फुटबल मैदानमा प्यारापिट निर्माण शुरु गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु एक करोड बजेटबाट सो मैदानमा प्यारापिटको स्ट्रक्चरको काम हाल भइरहेको हो ।
कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीकै अवधिमा प्यारापिट ढलानको काम भइरहेको लामाचौर खेलमैदान निर्माण समितिका अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको सक्रियतामा स्थानीयस्तरमा सुविधासम्पन्न फुटबल मैदान निर्माण गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित विसं २०७३ देखि सेतीनदी किनारमा अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदानसहितको खेल संरचना निर्माण शुरु गरिएको थियो ।
मैदानमा दुबो रोप्ने तथा चार हजार दर्शक क्षमताको नेचुरल (प्राकृतिक) प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएर हाल मैदान खेल्न योग्य बनाइएको छ । चालू वर्षमा राखेपको एक करोड र पोखरा महानगरपालिकाले साग लक्षित कार्यक्रमअन्तर्गत विनियोजन गरेको ५० लाख बजेटबाट प्यारापिट र मैदानमा दुबो रोप्ने काम गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । निर्माणाधीन भीआइपी प्यारापिट एक हजार दर्शक क्षमताको छ ।
खेलाडी चेन्जिङ रुम (कपडा फेर्ने कोठा), सभाहल, शौचालयलगायतका बाँकी पूर्वाधार निर्माणका लागि बजेट माग गरिएको समितिका सचिव बुद्धिबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कार्यालय भवन, इण्डोर हल र तटबन्धनसहितका बाँकी कामका लागि एक करोड बजेट आवश्यक पर्नेछ । “हामीले फुटबल एकेडेमी नै निर्माण गर्ने योजनाअनुसार अघि बढेका छौँ । मैदान, प्यारापिटको संरचनालगायतका काम चालू वर्षमा बन्नेछन्”, सचिव खत्रीले भने, “प्यारापिट फिनिसिङलगायत चेञ्जिङ रुम, शौचालयलगायतका अन्य बाँकी काम आगामी वर्षमा सम्पन्न गर्नेछौँ ।”
राखेपले सो फुटबल मैदान निर्माणका लागि हालसम्म दुई करोड ८० लाख बजेट पठाएको छ । आर्थिक वर्ष २०७४÷७५ सम्म एक करोड ३० लाख, अघिल्लो वर्ष ५० लाख तथा चालू वर्षमा एक करोड राखेपले लगानी गरेको छ । त्यसैगरी पोखरा महानगरपालिका, सांसद विकास कोष तथा साविक लामाचौर गाविस तथा स्थानीय स्रोत उपयोगलगायतबाट गरी सो खेलमैदानका लागि चार करोड हाराहारीमा खर्च भएको निर्माण समितिले जनाएको छ । रासस
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७


सम्बन्धित शीर्षकहरु
-
स्थगित भएको इण्डियन प्रिमियर लिगका खेलहरू शनिवारदेखि..
शनिबार, जेष्ठ ४, २०८२ -
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
रुस र युक्रेनबीच इस्तानबुलमा वार्ता : एक/एक..
शनिबार, जेष्ठ ४, २०८२
-
४२ सय भन्दा धेरै सहकारीको रकम हिनामिना..
शनिबार, जेष्ठ ४, २०८२ -
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
शनिबार, जेष्ठ ४, २०८२ -
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको..
शनिबार, जेष्ठ ४, २०८२ -
नगरपालिकामा काम गर्नपर्ने कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान..
शुक्रबार, जेष्ठ ३, २०८२ -
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाको..
शुक्रबार, जेष्ठ ३, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
पुष्पकमलको रिसोर्ट मोह र लुकाईएको टाउकाको चोट
बुधबार, बैशाख २४, २०८२ -
झम्कको उपलब्धि, बेरुजुमा सिन्धुपाल्चोकमा इन्द्रावती कम
बुधबार, जेष्ठ १, २०८२