

-
वासिङ्टन । पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति पदको आगामी निर्वाचनमा आफूलाई डेमोक्र्याटिक पार्टीबाट औपचारिक मनोनयन हुन आवश्यक प्रतिनिधिसंख्या (डेलिगेट्स) पुगेको घोषणा गरेका छन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।
ट्वीटरबाट आफ्ना मतदाता र समर्थकलाई सम्बोधन गर्दै पूर्व उपराष्ट्रपति बाइडेनले डेमोक्र्याटिक पार्टीको मनोनयनका लागि आवश्यक एक हजार ९९१ जना प्रतिनिधि संख्या आफूलाई प्राप्त हुने सुनिश्चित भएको बताए ।
मंगलबार सम्पन्न डेमोक्र्याटिक पार्टीको चुनावमा आफूलाई पार्टीका तर्फबाट मनोनयनमा पर्न आवश्यक संख्या प्राप्त भएको बताउँदै उनले अब मुलुकको सर्वोत्तम हितका लागि राष्ट्रपति पदको औपचारिक चुनावी यात्रामा निस्कने बताए ।
गत अप्रिलमै राष्ट्रपति पदको दौडमा रहेका अर्का प्रत्यासी भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले चुनावी दौड परित्याग गरेका थिए । उनले पनि जो बाइडेनलाई समर्थन गरिसकेका छन् ।
अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्योयडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि देशव्यापी प्रदर्शन र हिंसाबीच नै डेमोक्र्याटिक पार्टीको प्राइमरी चुनाव सम्पन्न भएको थियो । फ्योयडको निधनप्रति बाइडेनले अहिले अमेरिकी इतिहासमै कठिन मोडमा उभिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको विभाजनकारी, क्रोधी राजनीतिको कुनै जवाफ नभएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, संयुक्तराज्य अमेरिका अहिले वैकल्पिक नेतृत्व खोजिरहेको छ, त्यस्तो नेतृत्व जसले हामीलाई एकताबद्ध गर्न सकोस् ।
प्रदर्शनकारीका सम्बन्धमा बाइडेनको प्रतिक्रिया ट्रम्पको भन्दा विल्कुलै भिन्न छ । ट्रम्पले प्रदर्शन नियन्त्रणका लागि अमेरिकी नागरिक विरुद्ध नै सैनिक परिचालन गर्ने धम्की दिएका थिए ।
कोरोनाभाइरसका कारण मध्य मार्चदेखि आफूखुशी एकान्तबासमा रहेका ७७ वर्षीय बाइडेनले आफू ह्वाइट हाउसमा निर्वाचित भए “प्रणालीगत नश्लियवाद” मा व्यापक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, “अहिले हरेक अमेरिकी नागरिक हामीलाई समन्याय चाहिएको छ – र समान अवसर । हामीलाई मद्दत गर्ने राष्ट्रपति अहिलेको चाहना हो ।”
बाइडेनका सामुन्ने अहिले उपराष्ट्रपति छान्ने चुनौती छ । उनले यसअघि नै आफूले महिलालाई उपराष्ट्रपति पदमा मनोनयन गर्ने बताइसकेका छन् ।
क्यालिफोर्नियाकी पूर्व महान्यायाधीवक्ता ५५ वर्षीया सिनेटर कमला ह्यारिसलाई बाइडेनले उपराष्ट्रपतिमा छनौट गर्ने सम्भावना रहेको छ ।
जमैकाली–भारतीय मूलकी सिनेटर ह्यारी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको सम्भावित उम्मेदवार पनि ठानिएको थियो तर गत डिसेम्बरमा उनले उम्मेदवारी त्यागेकी थिइन् ।
रियलक्लियरपोलिटिक्सले गरेको मतसर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन ७.१ विन्दुले अग्रता बनाएको देखिएको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



