

-
बलेवा । स्थानीय उत्पादनलाई प्राथमिकता दिने भन्दै बागलुङमा बाहिरी जिल्ला र विदेशबाट आयात गरिने तरकारी तथा फलफूलमा रोक लगाइएको छ । शनिबार बागलुङका फलफूल तथा तरकारी व्यवसायी र बागलुङ नगरपालिकाबीच भएको छलफलमा लकडाउन अवधिभर बाहिरी जिल्लाबाट आउने तरकारी तथा विदेशबाट आउने फलफूलमा रोक लगाउने सहमति भएको हो ।
कोरोना सङ्क्रमण त्रासका कारण जेठको पहिलो सातादेखि दुवै पक्षबीच भएको सहमतिका आधारमा बागलुङमा फलफूलको आयातमा रोक लगाइएको थियो । व्यवसायीको गुनासो आएपछि बागलुङ नगरपालिकाले विकल्पमा छलफल गरेको थियो । जिल्लामै पर्याप्त तरकारी उत्पादन हुने भएकाले बाहिरी जिल्लाको आवश्यक नरहेको नगरप्रमुख जनकराज पौडेलले बताए । “हामीकहाँ तरकारी पर्याप्त छ, बाहिरबाट आउने तरकारीको विषादी जाँच गर्ने अवस्थामा हामी छैनौँ”, उनले भने, “यहाँको उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई प्रोत्साहन हुन्छ, विषादीको त्रास कम हुन्छ ।”
बैठकले फलफूल आयात गर्दा पूर्ण सुरक्षित तरिकाले ल्याउने र सकभर जिल्लाभित्रकै र नभए पनि छिमेकी जिल्लालाई प्राथमिता दिने निर्णय गरेको छ । बैठकले तरकारी तथा फलफूल बिक्री वितरणका लागि यसअघि तोकिएको समयावधि समेत बढाएको छ । बिहान ७ देखि १० र साँझ ४ देखि आठ बजेसम्म पसल खोल्ने सहमति गरेको छ । रासस
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२