

-
कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसकेको छ तर धानको बीउ कहाँबाट ल्याउने भन्ने चिन्तामा उनी छन् । बुद्धभूमि नगरपालिका –७ मानपुरका राधेश्याम यादवले पनि धानको बीउ छर्नका लागि खेत तयार बनाएका छन् । उनी दुई कठ्ठा खेतमा धानको बीउ छर्न लाग्दै छन् । उनी पनि धानको बीउ नपाएपछि समस्यामा छन् ।
कोभिड –१९ का कारण नेपाल र भारत सिमाना बन्द भएपछि किसान समस्यामा छन् । यसअघिका वर्षमा कृषकहरु भारतबाट हाइब्रीड जातको धानको बीउ ल्याएर छर्ने गर्थे । यसपटक सीमा बन्दका कारण बीउ किन्न जान नपाउँदा छर्ने समय हुँदासम्म पनि बीउको जोहो हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग हाइब्रिड धानको बीउ भारतबाट आयात गर्ने व्यवस्था मिलाउन आग्रह गरिए पनि कुनै पहल नभएको किसानले गुनासो गरेका छन् । कपिलवस्तु किसान संघले धानको बीउका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै पहल नभएको किसान संघका अध्यक्ष अनुप चौधरीले बताए । उनले भने, “यस समयमा धानको बीउ नपाइए किसान भोकै बस्ने अवस्था आउन सक्छ, त्यसैले बीउ समयमा उपलब्ध हुने व्यवस्था गर्नुपर्छ ।”
प्रजिअ पौडेलले नेपाल भारत सिमानामा आवतजावत गर्न पूर्ण रुपमा बन्देज रहेकाले कुनै पनि समाग्री ल्याउन नसकिने बताए । किसानको समस्याका विषयमा गृह मन्त्रालयमा जानकारी गराइएको तर सिमानाका विषयमा कुनै निर्देशन नआएकाले केही भन्न नसकिने प्रजिअ पौडेलले जानकारी दिए । उनले भने–“यो राष्ट्रिय समस्या भएकाले संघ र प्रदेश सरकारबाट समाधान गर्नुपर्ने हुन्छ ।”
यहाँका किसानले लामो समयदेखि भारतबाट सभा, सम्पूर्ण, काबेरी, गोरखनाथ जस्ता भारतीय हाइब्रिड जातको धान ल्याउने गरेका छन् । जिल्लामा कुल खेतीयोग्य जमीन ८३ हजार हेक्टरमध्ये ७२ हजार हेक्टरमा धान खेती गर्ने गरिन्छ । यसबाट दुई लाखभन्दा बढी मेट्रिक टन धान उत्पादन हुने गरेको जनाइएको छ । रासस
News Desk 0 response आइतवार, जेष्ठ २५, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



