

-
विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगर हिजोआज सुनसान छ । सेवाग्राहीको उपस्थिति प्रायः शून्य छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण कर्मचारी फुर्सदिला छन् । कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द छ ।
लकडाउन हुनुअघि कामको चापले कर्मचारीलाई भ्याइनभ्याइ हुन्थ्यो । गत चैत ११ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेसँगै अहिले आन्तरिक राजस्व कार्यालय विराटनगरको राजश्व सङ्कलन प्रभावित भएको छ ।
गएको चैत महिनामा ९३ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो कार्यालयले उक्त अवधिमा १३ करोड ९२ लाख मात्र राजस्व सङ्कलन गरेको थियो । त्यस्तै वैशाखमा एक अर्ब ११ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले ११ करोड मात्र राजस्व सङ्कलन गरेको थियो । जेठमा एक अर्ब एक करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालयले जेठको २० गतेसम्म १३ करोड ६१ लाख मात्र राजश्व सङ्कलन गरेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्म कार्यालयले एक अर्ब ७६ करोड अन्तःशुल्क, एक अर्ब ३५ करोड मूल्यअभिवृद्धि कर र दुई अर्ब एक करोड आयकर सङ्कलन गरेको छ । लकडाउनका कारण राजस्व सङ्कलन प्रभावित भएको प्रमुख सापकोटाको भनाइ छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



