

-
जेनेभा । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ भने, संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २५ लाख ९२ हजार २४ जना निको भएका छन् । विश्वभरीमा २९ लाख ६५ हजार ८४२ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ३३० व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ७ लाख ५८ हजार १०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ हजार ७४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार ११९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७१ हजार ८२९ को मृत्यु भएको छ ।
एसियामा १० लाख ५६ हजार ६९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, २९ हजार २२० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ३ हजार ८१४ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ७७४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १६, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३



