

-
स्याङ्जा । लकडाउन लम्बिएपछि माछा बिक्री गर्न नपाउँदा स्याङ्जाका मत्स्यपालक किसान मर्कामा परेका छन् ।
लकडाउन लम्बिँदै गएपछि बजार अभावका कारण उत्पादित माछा बिक्री गर्न नपाएर उनीहरु मर्कामा परेका हुन् । माछा बिक्री नहुँदा उनीहरुले माछापालनका लागि बनाइएका पोखरीको सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् । बिक्रीका लागि तयारी भएको माछा पोखरीमै पालिरहनुपर्दा र दाना खुवाइरहनुपर्ने भएकाले किसान थप मर्कामा परेका छन् । आम्दानी लिने बेलामा थप त्यसैमा लगानी गर्नुपर्ने अवस्था आएपछि उत्साहित भएर माछापालन व्यवसायमा लागेका किसान यतिबेला भने निरास बनेका छन् ।
चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेको र हाटबजारसमेत नचलेपछि माछा पोखरीमै छन् ।
बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको गाल्याङ नगरपालिका–७ तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालक धनबहादुर मल्लले बताए । तीन करोडको लगानीमा चार जना मिलेर तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालन गरी तारुखोलामा व्यवसायिक रुपमा माछापालन गर्दै आएको बताउँदै उनले लकडाउनका कारण आफूहरु मर्कामा परेको बताए । उनले भने, “पोखरीमा माछा बिक्रीका लागि तयारी अवस्थामा छन् तर के गर्ने बन्दका कारण बिक्री गर्न नपाउँदा माछा पोखरीमै मर्ने अवस्था आएको छ ।” अर्का व्यवसायी तिलप्रसाद गैरेको पनि त्यस्तै गुनासो छ । उनले भने, “अरुबेला दैनिक एक क्विन्टलसम्म स्थानीय बजारमा माछा बिक्री गर्ने गरे पनि अहिले बजार अभावमा बेच्न नपाउँदा लामो समयसम्म पोखरीमै पाल्नुपर्ने भएकाले खर्च बढ्नुका साथै दाना खुवाउनसमेत समस्या छ ।”
बाउन्न रोपनी जग्गामा सञ्चालन गरिएको उक्त फार्ममा रहु, ग्राँस कार्ब, सिल्भर कार्ब र नैनी जातका माछा पालिएका छन् । कृषि पेशालाई नै मुख्य व्यवसाय बनाएर काम गरिरहेका किसान लकडाउन लम्बिँदै जाँदा समस्यामा परेका छन् भने उनीहरु किसानका लागि सरकारले राहतका कार्यक्रम ल्याउनुपर्ने मागसमेत गर्ने गरेका छन् ।
माछापालन व्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसानलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ १४, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
इन्जिनियर सन्तोष कुमार यादव घुससहित नियन्त्रणमा
बिहिबार, जेष्ठ २, २०८२ -
जन्मदिनको अवसरमा सिन्धुपाल्चोक काग्रेसका उपसभापति दोर्जेद्वारा जेष्ठ..
बिहिबार, जेष्ठ २, २०८२ -
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ..
बिहिबार, जेष्ठ २, २०८२ -
नागढुंगामा हातपातमा उत्रिएका दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइयो
बिहिबार, जेष्ठ २, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटमा आज नेपाल..
बिहिबार, जेष्ठ २, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२