

-
तम्घास । गुल्मीका किसानले रोपेको मकैमा फौजी र गंँवारो कीराको प्रकोपले क्षति पुुर्याएको छ । खन्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै बोटका फेदमा गबारो कीराको प्रकोप देखिएको छ ।
मकैको गुबोमा फौजी कीराले आक्रमण गरेर नोक्सान पुुर्याएको किसानले बताएका छन् । गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु गान्टारीका ७० वर्षीय डिलाराम भण्डारी १० रोपनी खेतमा लगाएको मकै विभिन्न कीरा र रोगले क्षति पुर्याएपछि चिन्तित देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्नपूर्ण बीउ उत्पादन समूहमार्फत ५० प्रतिशत अनुुदानमा ‘देउती सेतो’ जातको मकै लगाएका उनी अहिले मकैबालीमा कीराको प्रकोपले नष्ट बनाएपछि निराश भएका छन् ।
धुर्कोटका अर्का किसान ५८ वर्षीय मणिराम भण्डारीले पाँच रोपनी खेतमा मकै छरेका छन् । कुनै रोगकीरा नलागेको भए यस वर्ष १५ मुरी अर्थात् १२ क्विन्टलभन्दा बढी मकै उत्पादन हुन्थ्यो । अहिलेको अवस्था कायम रहे त्यसको २५ प्रतिशत अर्थात् झण्डै चार मुरी मात्र उत्पादन हुनेछ । “कुनै विषादी नपाए ७५ प्रतिशत नोक्सानी बेहोर्ने अवस्था आइपरेको छ”, उनले भने, “गाउँपालिकाले वडावडामा प्राविधिक खटाएर समस्या समाधान गरिदिए राम्रो हुने थियो ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धुर्कोट ५ वस्तुस्थित अन्नपूर्ण बीउ उत्पादन सहकारीमार्फत गान्टारीमा सात क्विन्टल मकैको बीउ लगाइएको छ । कुल एक हजार रोपनीभन्दा बढी जग्गामा फरकफरक जातको बीउ लगाइएको छ । मकैको बोटमा शुरुमै उपचार गर्ने व्यवस्था भएको भए यस वर्ष दुई हजार चार सय क्विन्टल मकै उत्पादन हुने अनुमान गरिएको सहकारीका अध्यक्ष लालमणि शर्माले बताए । अहिले त्यो उत्पादन धेरै घट्ने अनुमान गरिएको छ ।
जिल्लाका धुर्कोट, अर्खले, सिमीचौर, इस्मा, मालिकालगायत क्षेत्रमा सो रोगले बढी सताएको छ । बन्दाबन्दी भएकाले किसानलाई झन् समस्या परेको छ । “लकडाउनले बिषादी लिन जान पाइएको छैन”, कृषक कृष्णप्रसाद भण्डारीले भने, “न हिँड्न दिन्छन्, न प्राविधिक आउँछन् ।” प्राविधिकलाई सम्पर्क गरे पनि लकडाउनको बहाना बनाएर आउन नमानेको उनले बताए । “मकैका साथसाथै काँक्रालगायत फलफूलमा पनि डढेलाको समस्या देखिएको छ”, उनले भने, “लकडाउनमा हिँड्न पनि पाइएन, विषादी पनि पाइएन ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत समिर मगरले गंँबारो र अमेरिकी फौजी कीराले अधिकांश ठाउँमा असर गरेको बताए । सोमध्ये कुनै ठाउँमा एक मात्र र कुनै ठाउँमा दुवै रोग देखिएको उनको भनाइ छ । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७


सम्बन्धित शीर्षकहरु

सेञ्चुरीबाट प्रभु बैँकमा गाभिएका कर्मचारीको समस्या तीन बर्ष हुँदा पनि सुल्झिएन
मङ्लबार, बैशाख ३०, २०८२-
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२ -
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न..
मङ्लबार, बैशाख ३०, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२