

-
सुर्खेत । कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिए । सङ्क्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका–१, ३ र ६ वडाका सात पुरुष र एक महिला, भेरीगङ्गा नगरपालिका दुई पुरुष र सिम्ता गाउँपालिका–४ का सुर्खेतका दुई पुरुष रहेको उनले बताए ।
भारतबाट आएका उनीहरुलाई मङ्गलबार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चबाट स्वाब लिइ पिसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । १२ जना सुर्खेतमै थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
यता कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिन नेपाल सरकारलाई आग्रह गरेका छन् । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिमा सङ्क्रमण देखिएको हो ।
कर्णाली प्रदेश सरकारले पनि यसअघि नै भारतबाट आउने नेपालीलाई सीमानाकामै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको थियो । कर्णाली प्रदेश सरकारले २३ हजार कर्णालीवासी आउने अनुमान गरेको त्यो सङ्ख्या बढ्ने देखिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन् । रासस
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७


सम्बन्धित शीर्षकहरु
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो..
मङ्लबार, बैशाख ३०, २०८२ -
महिला टी–२० विश्वकप एशिया छनोटको आज नेपाल..
मङ्लबार, बैशाख ३०, २०८२ -
पाकिस्तानले आतङ्कवादलाई संरक्षण गरेको भारतको आरोप
मङ्लबार, बैशाख ३०, २०८२ -
पूर्व–पश्चिम राजमार्गको नवलपरासी र बीपी राजमार्गको काभ्रेमा..
मङ्लबार, बैशाख ३०, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२