

-
नयाँ दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाएका छन् । उनले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै आएका छन् । यसैक्रममा मङ्गलबार पनि उनले सरकारले लागू गरेको लकडाउनको राम्रोसँग पालना गराउन नसकेको आरोप लगाएका छन् ।
आज सम्वाददाताहरुसँग गरेको अन्तरक्रियाका क्रममा उनले सो आरोप लगाएका हुन् । उनले भारतमा ठूलो संख्यामा कोरोनाका संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको र त्यसमा सरकारको काम प्रभावकारी हुन नसकेको पनि बताए ।
उनले भनेका थिए – यो लकडाउन किन र केका लागि गरिएको हो भन्ने उद्देश्य पनि प्राप्त हुन सकेको छैन, दिन प्रतिदिन विरामीहरु बढ्दै छन् र यो सबै सरकारले घोषणा गरेको लकडाउनको नीति बमोजिम काम हुन नसकेर हो ।
उनले भने, भारतले चार चरणको लकडाउन पनि पार गरेको र यो अवधिमा खासै उपलब्धि हुन नसकेको भन्दै अब सरकारले अघि सार्ने रणनीति के हो भन्ने कुरा भारतीय जनताले जान्न चाहेका छन् ।
पहिले प्रधानमन्त्रीले चार चरणको लकडाउनबाट सबै ठीक हुन्छ भनेको भए पनि अहिले भारतमा सोचेभन्दा पनि बढीको दरमा कोरोनाका संक्रमितहरु बढिरहेकोले अब सरकारले के नीति बनाउँछ भन्ने बारेमा हेर्न भारतीय जनता आतुर रहेको बताए । रासस÷एएनआई
News Desk 0 response मङ्लबार, जेष्ठ १३, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



