

-
झापा । खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि झापाका कृषकहरु पछिल्लो समय सूर्यमुखी फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । अहिले कतै सूर्यमुखी ढकमक्क फुलेको छ त कतै कतिपय बाली उठाउने बेला भएको छ ।
विर्तामोड नगरपालिका–१० स्थित अन्नपूर्ण कृषि समूह र विशाल कृषि समूहका ६० कृषकले २० बिघाभन्दा बढी क्षेत्रफलमा सो फूलखेती गरेका छन् । विर्तामोड नगरपालिकाले खेती प्रोत्साहन एवं प्रवद्र्धनका लागि बीउ र कृषि चुन उपलब्ध गराएपछि उनीहरुले सो खेती लगाएका हुन् ।
सो नगरपालिकाले ४२० बोरा कृषि चुनमा ५० प्रतिशत अनुदान दिएको छ भने बीउ निःशुल्क उपलब्ध गराएको छ । साथै प्राविधिक सहयोग पनि गरिरहेको कृषकको भनाइ छ । अन्नपूर्ण कृषक समूहका सदस्य गोपालकृष्ण शिवकोटीले १० कट्ठामा सूर्यमुखी फूलखेती गरेको जानकारी दिए । “यसै वर्षदेखि सूर्यमुखीको सामूहिक खेती शुरु गरेका छौँ”, उनले भने, “तेलहन बाली भएकाले बजारको कुनै समस्या छैन, उत्पादन पनि राम्रो हुने थाहा पाएपछि खेती थालेका हौँ ।”
अर्का कृषक देवीप्रसाद शिवाकोटीले पनि १० कट्ठामा सो खेती लगाएको बताए । “पहिलो पटक भएकाले शुरुआती अवस्थामा १० कट्ठामा लगाएको छु”, उनले भने, “उत्पादन राम्रो भयो भने खेती विस्तार गर्ने सोच छ ।”
त्यस्तै झापा गाउँपालिकामा समेत कृषकले सो खेती गरेका छन् । यहाँका कृषकले करिब ५० बिघा क्षेत्रफलमा खेती गरेका हुन् । झापा गाउँपालिका–६ का कृषक बलबहादुर भण्डारीले पाँच कट्ठा जग्गामा खेती गरेका छन् । त्यस्तै, अर्का कृषक दुर्गाबहादुर विष्टले सात कट्ठामा सो खेती गरेका छन् ।
“खेती गर्न सजिलो छ”, उनले भने, “उत्पादन राम्रो हुने भएकाले खेती लगाएको हुँ ।” खेतीमा झण्झट नभए पनि बेलाबेलामा सुँगाले बाली खाने गरेको उनको भनाइ छ । यहाँका अधिकांश कृषकले तोरीको सट्टा सूर्यमुखी लगाएका छन् । तोरीको भन्दा सूर्यमुखीको उत्पादन राम्रो हुने भएकाले कृषक यसतर्फ आकर्षित भएको अर्का किसान डिल्लीप्रसाद चापागाईंको भनाइ छ । “बेच्न भन्दा पनि आफूलाई वर्षभरि खान पुग्नेगरी कृषकले खेती गरेका छन्”, उनले भने ।
विर्तामोड नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया मोरङ र सनुसरीमा व्यावसायिकरुपमा सो खेती हुने गरेको जानकारी दिए । “झापामा पनि सूर्यमुखीको खेती विस्तार हुँदैछ”, उनले भने, “विर्तामोडमा पनि व्यावसायिक खेतीका लागि नगरपालिकाकै तर्फबाट शुरुआत गरिएको छ ।”
बलौटे माटो सो खेतीका लागि उपयुक्त हुने उनको भनाइ छ । नगरपालिकाको पहलमा लगाइएको खेती प्रतिकट्ठा एकदेखि डेढ मनसम्म उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन राम्रो भए कृषक आफैँ उत्साहित भएर खेती गर्न अग्रसर हुने र नगरलाई तेलमा आत्मनिर्भर बनाउन सकिने उनले बताए । जिल्लाको कमल गाउँपालिका, भद्रपुर, दमक, मेचीनगरलगायतका स्थानमा समेत कृषकले सो खेती थालेका छन् । रासस
News Desk 0 response सोमवार, जेष्ठ १२, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



