

-
भरतपुर । धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी भएका थिए तर त्यो खुशी धेरै दिनसम्म टिक्न पाएन । बाला लाग्ने बेलामा रोग देखिएपछि उनी चिन्तित छन् । “केही दिनअघिसम्म मैले २९ कठ्ठामा लगाएको हर्दिनाथ जातको धान राम्रो थियो । अहिले फूल खेल्न नपाउँदै झर्न थालेको छ । केही ठाउँको धानमा कालो टाटा देखिएको छ”, धरेलले भने, “यसका लागि हामीलाई प्राविधिकको खाँचो छ ।” कृषि प्राविधिकले २० प्रतिशत मात्र धान निस्कने बताएको उनले सुनाए ।
उनको मात्र होइन, पूर्वी चितवनका धेरै किसान अहिले धानमा रोग देखिएपछि चिन्तित छन् । अहिले गुणस्तरीय बीउ, प्राङ्गारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको धरेलले बताए । चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो ।
सो क्षेत्रमा लगाइएको ६० प्रतिशत धानमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । “अहिले पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको ‘हर्दिनाथ एक’ नामक धानको दानामा लाग्ने डरुवा रोग लागेको छ”, कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भने, “तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ ।” चितवनमा आठ हजार हेक्टरमा चैते धान खेती लगाइने गरेकोमा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा चैते धान लगाइन्छ । अहिले चैते धान झुल्ने बेला हो । विशेषगरी हर्दिनाथ एक र बिजी १४४२ जातको धानमा डढुवा रोग र नेक ब्लाष्ट रोग देखापरेको तिमिल्सिनाले बताए ।
यस्तै पिआर र जेरी जातमा पनि शिथब्लाइट रोग देखापरेको छ । हर्दिनाथ एकभन्दा जेरी एक महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानले बताएका छन् । त्यसले गर्दा किसानले पछिल्लो समय हर्दिनाथ एक जातको धान रोप्दै आएका छन् । खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले नगरको वडा नं ६ र ७ मा यो रोगले चैत धान बालीमा क्षति पुर्याएको बताए । नगरकै वडा नं १३ का केही स्थानमा पनि रोग देखिएको उनले जानकारी दिए ।
लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । अहिले कोरोनाको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत हामीसँग छैन”, उनले भने, “सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौँ ।” रासस
News Desk 0 response आइतवार, जेष्ठ ११, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



