

-
भरतपुर । धान यस वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । चितवनको खैरहनीका किसान कृष्णप्रसाद धरेल धानको उत्पादन बढ्ने देखेर खुशी भएका थिए तर त्यो खुशी धेरै दिनसम्म टिक्न पाएन । बाला लाग्ने बेलामा रोग देखिएपछि उनी चिन्तित छन् । “केही दिनअघिसम्म मैले २९ कठ्ठामा लगाएको हर्दिनाथ जातको धान राम्रो थियो । अहिले फूल खेल्न नपाउँदै झर्न थालेको छ । केही ठाउँको धानमा कालो टाटा देखिएको छ”, धरेलले भने, “यसका लागि हामीलाई प्राविधिकको खाँचो छ ।” कृषि प्राविधिकले २० प्रतिशत मात्र धान निस्कने बताएको उनले सुनाए ।
उनको मात्र होइन, पूर्वी चितवनका धेरै किसान अहिले धानमा रोग देखिएपछि चिन्तित छन् । अहिले गुणस्तरीय बीउ, प्राङ्गारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री, सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा समस्या आएको धरेलले बताए । चितवनका भण्डारा, कुमरोज, पिप्ले र कठार क्षेत्रमा लगाएको धान काट्ने समयमा धानको दानामा लाग्ने डरुवा र नेक ब्लाष्ट नामको रोग देखिएको हो ।
सो क्षेत्रमा लगाइएको ६० प्रतिशत धानमा रोग देखापरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले जानकारी दिएको छ । “अहिले पूर्वी चितवनमा तीन हजार हेक्टरमा लगाइएको ‘हर्दिनाथ एक’ नामक धानको दानामा लाग्ने डरुवा रोग लागेको छ”, कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले भने, “तत्कालै सचेत नहुने हो भने समस्या अझ बढेर जाने देखिन्छ ।” चितवनमा आठ हजार हेक्टरमा चैते धान खेती लगाइने गरेकोमा पूर्वी चितवनमा मात्रै पाँच हजार हेक्टरमा चैते धान लगाइन्छ । अहिले चैते धान झुल्ने बेला हो । विशेषगरी हर्दिनाथ एक र बिजी १४४२ जातको धानमा डढुवा रोग र नेक ब्लाष्ट रोग देखापरेको तिमिल्सिनाले बताए ।
यस्तै पिआर र जेरी जातमा पनि शिथब्लाइट रोग देखापरेको छ । हर्दिनाथ एकभन्दा जेरी एक महिना अगाडि पाक्ने तर उत्पादन कम हुने गरेको किसानले बताएका छन् । त्यसले गर्दा किसानले पछिल्लो समय हर्दिनाथ एक जातको धान रोप्दै आएका छन् । खैरहनी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक ध्रुव आचार्यले नगरको वडा नं ६ र ७ मा यो रोगले चैत धान बालीमा क्षति पुर्याएको बताए । नगरकै वडा नं १३ का केही स्थानमा पनि रोग देखिएको उनले जानकारी दिए ।
लकडाउनका कारण फिल्डमा निस्कन समस्या परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । अहिले कोरोनाको जोखिम उच्च छ, त्यसमा पनि जथाभावी बाहिर निस्कन पाइँदैन । किसानको खेतमा पुग्नका लागि सवारी साधनसमेत हामीसँग छैन”, उनले भने, “सकेसम्म हामी किसानको खेतमा पुग्ने गरेका छौँ ।” रासस
News Desk 0 response आइतवार, जेष्ठ ११, २०७७


सम्बन्धित शीर्षकहरु
-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२