

-
रामपुर । वर्षेनी मह बेचेर राम्रो कमाइ गर्ने पाल्पा बगनासकाली गाउँपालिका– ८ बस्ने पशुपति बस्यालले यस पटक भने बन्दाबन्दीका कारण मह बिक्री गर्न गर्न पाएका छैनन् । उत्पादित करीब पाँच सय किलो मह फार्ममा नै रोकिएपछि कहिले बन्दाबन्दी खुल्छ भन्ने चिन्ताले उनलाई सताएको छ ।
हिमाली बी कन्स्ट्रक्सन फार्म दर्ता गरी विसं २०५२ देखि बस्यालले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । उनको फार्ममा हाल ३८८ आधुनिक घार छ । यी घारबाट वर्षमा करीब आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुन्छ ।“उत्पादित मह बेच्न पाइएको छैन, बन्दाबन्दी कहिलेसम्म हुने हो निश्चित छैन, न घार बिक्छ न मह नै, हामी व्यवसायी मारमा परेका छौँ”, बस्यालले गुनासो पोखे ।
बजारमा हाल प्रतिकिलो ८०० मा मह बिक्री हुने गरेको छ । यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही, सल्यान, रुकुम, गोरखालगायत जिल्लामा खपत हुँदै आएको छ । बन्दाबन्दीले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको उनको भनाइ छ । उनले दुई पटकसम्म गाउँपालिकाले उपलब्ध गराएको सवारी पास लिएर विभिन्न ठाउँमा मह लिएर गए तर जान नपाएपछि फर्किनु परेको बताए । बस्यालले चार कामदार राखेर व्यवसाय चलाउँदै आएका छन् ।
बगनासकाली गाउँपालिका क्षेत्रमा मात्र व्यावसायिक रुपमा मौरीपालन गर्ने कृषक २० जना छन् । गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी ७५ प्रतिशत कृषकका घरमा कम्ती एक घार मौरीपालन गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउँछन् । यहाँका वडा नं १ चिर्तुङ्गधारा, ७ को खानीगाउँ र ८ का बराङ्गदी क्षेत्र मौरीको पकेट क्षेत्र हुन् । यस वर्ष गाउँ कार्यपालिकाको पाँचौँ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रमअन्तर्गत मौरी गोला, खाली मौरीघार, मौरीजन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । सोअन्तर्गत २३ मौरी गोलाघार र ४२ खाली घारलगायत मौरीजन्य सामग्री वितरण गरिएको हो ।
बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगत वर्षदेखि नै मौरीसम्बधी विभिन्न अनुदानका कार्यक्रममार्फत कृषकलाई मौरी पेशाप्रति संलग्न हुन प्रेरित गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन् । मौरीघार बिक्री गरेर वर्षमा दश लाख बराबरको कमाइ गर्ने रामपुर नगरपालिका ६ स्थित न्यौपाने मौरी उद्योगमा यस वर्ष बिक्री गर्न तयारी अवस्थामा रहेका गोलासहित ६० घार र खाली घार १५० छन् । बन्दाबन्दीका असरले बिक्री नहुँदा करीब दश लाख जति नोक्सान हुने अनुमान गरिएको सञ्चालक हुमनाथ न्यौपाने बताउँछन् । उनको उद्योगमा पाँच जनाले रोजगार पाएका थिए तर अहिले बन्दाबन्दी भएपछि घर फर्किएका छन् ।
रामपुर क्षेत्रमा हाल व्यावसायिक तवरले मौरीपालन गर्ने कृषक २० जना रहेकामध्ये कम्तीमा पाँच देखि बढीमा ५० घारसम्म व्यवसाय गर्ने रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । यस वर्ष शाखा कार्यालयबाट मौरीपालनसम्बन्धी कार्यक्रम समेटिएको छैन तर वडा नं १ मा वडाको बजेटमा अनुदानमा मौरीघार वितरण गर्ने कार्यक्रम भने तय गरिएको छ । नगरका वडा नं १, २ र ७ को माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् ।
निस्दी गाउँपालिकामा पनि पछिल्लो समय मौरीपालन व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन् । तीन वर्षदेखि यस व्यवसायमा लाग्नुभएका निस्दी ६ अर्चलेका ठाकुर सिङ्जाली व्यवसाय विस्तार गर्न २० घार थप्ने योजना बनाएको पनि घार खरीद गरेर ल्याउन नपाएको गुनासो गर्छन् । उनको फार्ममा हाल २२ आधुनिक घार छन् । उनले वर्षमा ६० हजारको मह बिक्री गर्छन् ।
गाउँपालिकाका वडा नं २ सहलकोटमा १३, वडा नं ३ को झिरुवासमा सात, ५ को गल्धामा पाँच र ६ को अर्चलेमा दुई कृषक व्यावसायिक तवरबाट मौरीपालनमा लागेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउँछन् । डाँडाभेग क्षेत्र मौरीपालनका लागि सम्भावना बोकेको हुँदा पछिल्लो समय यहाँका कृषक उत्साहका साथ व्यवसायमा लागेको अवस्थामा घार खरीद गरेर घरमा ल्याउन नपाएपछि चिन्तामा रहेको कोइरालाको भनाइ छ । मह र घार बिक्री गरेर कृषकले राम्रो कमाउन सकिने र स्थानीय तहले अनुदानमा घार उपलब्ध गराउन थालेपछि जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।
News Desk 0 response शनिबार, जेष्ठ १०, २०७७

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



