

-
नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ५८३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४८ हजार ५३३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६६ हजार ३३० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४१ हजार ६४२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १२ हजार ९०५ संक्रमति रहेका छन् । दिल्लीमा ११ हजार ६५९ जना कोरोना संक्रमित रहेका छन् ।
राजस्थानमा ६ हजार २२७ कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ४८५ निको भएका छन् । यस संक्रमणको कारणको १५१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५ हजार ९८१ कोरोना भाइरस संक्रमण रहेको छ भने, २ हजार ८४३ निको भएका छन् । यस संक्रमणको कारणको २७० जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा ५ हजार ५१५ कोभिड –१९ को संक्रमण रहेका छ र केरलामा ६९० जनमा संक्रमण देखिएको छ । लदाखमा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जम्मु र काश्मिरमा १ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।
भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ९, २०७७

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



