

-
नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ५८३ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४८ हजार ५३३ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६६ हजार ३३० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४१ हजार ६४२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १२ हजार ९०५ संक्रमति रहेका छन् । दिल्लीमा ११ हजार ६५९ जना कोरोना संक्रमित रहेका छन् ।
राजस्थानमा ६ हजार २२७ कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ४८५ निको भएका छन् । यस संक्रमणको कारणको १५१ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा ५ हजार ९८१ कोरोना भाइरस संक्रमण रहेको छ भने, २ हजार ८४३ निको भएका छन् । यस संक्रमणको कारणको २७० जनाको मृत्यु भएको छ ।
उत्तर प्रदेशमा ५ हजार ५१५ कोभिड –१९ को संक्रमण रहेका छ र केरलामा ६९० जनमा संक्रमण देखिएको छ । लदाखमा ४४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जम्मु र काश्मिरमा १ हजार ४४९ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।
भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ९, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२