

-
तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । दैनिक एक÷दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ ।
अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र अस्पताल उपचारका लागि सिफारिस गर्ने गरिएको अस्पतालका मेडिकल अधिकृत डा दिवस ढकालले जानकारी दिए । ती बिरामीलाई स्नेक भेनम औषधि प्रयोग गरिने भएकाले बिरामीमा जटिल अवस्था आएमा तत्काल व्यवस्थापन गर्ने क्षमता अस्पतालमा स्रोत साधन नहुँदा उपचारका लागि अन्यत्र सिफारिस गर्ने गरिएको उनले बताए ।
सर्पदंशका लागि आवश्यक पर्ने स्नेक भेनम औषधिसमेत अस्पतालमा ल्याउने नगरेको बताइएको छ । अस्पतालमा केही समययता दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका आकस्मिक विभागमा कार्यरत अहेब मदन गौतमले जानकारी दिए । सर्पदंश विषादी नदेखिए अस्पतालमै उपचार गर्ने र विष लागेको देखिए स्नेक भेनमको सुविधा भएको अस्पतालमा सिफारिस गर्ने गरिएको उनले जानकारी दिए ।
पन्ध्र श्यया क्षमताको उक्त अस्पताल प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पताल भए पनि पछिल्लो समय सेवासुविधा पाउन नसक्दा अन्य प्रकारका बिरामीसमेत निरास हुँदै फर्कने गरेको बताइएको छ ।
अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, महिला हिंसासम्बन्धी एकद्धार सङ्कट व्यवस्थापन, मानसिक, एचआइभी सङ्क्रमितका लागि एआरटी, क्षयरोग, ल्याब, स्वास्थ्य बीमा, गर्भवती सेवा, खोप, फार्मेसीलगायतका सेवा प्रदान गर्दै आएको छ । रासस
News Desk 0 response शुक्रबार, जेष्ठ ९, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



