

-
काबुल । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ । उनीहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाको विषयमा कुराकानी भएको बताइएको छ । शान्ति वार्ताका लागि यस अघिदेखि नै पहल सुरु भएकोले अफगानिस्तान र संयुक्तराज्य अमेरिका अब आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।
अफगानिस्तानको टोलो समाचार संस्थाले अफगान राष्ट्रपतिको विज्ञप्तिलाई उद्धृतगर्दै दिएको समाचारमा अफगानिस्तान र अमेरिकाबीच तालिबानसँगको वार्ताका लागि आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
संयुक्तराज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच कतारको दोहामा करिब तीन महिना अघि ऐतिहासिक शान्ति सम्झौता’ भएको थियो । तर त्यसको साता दिन पनि नपुग्दै त्यहाँका तालिबानहरुले आक्रमण सुरु गरेपछि शान्ति प्रक्रिया संकटमा पुगेको बताइएको थियो ।
बिहीबारको भेटमा अफगानिस्तानका तालिबानहरुलाई आगामी दिनमा शान्तिवार्ताका लागि तयार गर्न युद्धविराम या हिंसात्मक गतिविधिमा कमी ल्याउने बारेमा तयार पार्ने विषयमा छलफल भएको बताइएको छ ।
तीन महिना अघि भएको सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको थियो ।
त्यस्तै अफगान विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणका लागि तालिवानले सरकारलाई सहयोग गर्ने पनि सहमति भएको थियो ।
तर पनि सो सम्झौतापछि पनि तालिवान समूहको आक्रमण रोकिएको छैन । गएको करिब १८ वर्षदेखि जारी हिंसाको अन्त्यका लागि शान्ति प्रक्रिया अघि बढाउन खोजिए पनि सम्भव हुन सकेको छैन । एएनआई
News Desk 0 response बिहिबार, जेष्ठ ८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



