

-
काबुल । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ । उनीहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाको विषयमा कुराकानी भएको बताइएको छ । शान्ति वार्ताका लागि यस अघिदेखि नै पहल सुरु भएकोले अफगानिस्तान र संयुक्तराज्य अमेरिका अब आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।
अफगानिस्तानको टोलो समाचार संस्थाले अफगान राष्ट्रपतिको विज्ञप्तिलाई उद्धृतगर्दै दिएको समाचारमा अफगानिस्तान र अमेरिकाबीच तालिबानसँगको वार्ताका लागि आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
संयुक्तराज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच कतारको दोहामा करिब तीन महिना अघि ऐतिहासिक शान्ति सम्झौता’ भएको थियो । तर त्यसको साता दिन पनि नपुग्दै त्यहाँका तालिबानहरुले आक्रमण सुरु गरेपछि शान्ति प्रक्रिया संकटमा पुगेको बताइएको थियो ।
बिहीबारको भेटमा अफगानिस्तानका तालिबानहरुलाई आगामी दिनमा शान्तिवार्ताका लागि तयार गर्न युद्धविराम या हिंसात्मक गतिविधिमा कमी ल्याउने बारेमा तयार पार्ने विषयमा छलफल भएको बताइएको छ ।
तीन महिना अघि भएको सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको थियो ।
त्यस्तै अफगान विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणका लागि तालिवानले सरकारलाई सहयोग गर्ने पनि सहमति भएको थियो ।
तर पनि सो सम्झौतापछि पनि तालिवान समूहको आक्रमण रोकिएको छैन । गएको करिब १८ वर्षदेखि जारी हिंसाको अन्त्यका लागि शान्ति प्रक्रिया अघि बढाउन खोजिए पनि सम्भव हुन सकेको छैन । एएनआई
News Desk 0 response बिहिबार, जेष्ठ ८, २०७७


सम्बन्धित शीर्षकहरु
-
कतारले दिएको बोइङ ७४७ उपहार अस्वीकार गर्नु..
बुधबार, जेष्ठ १, २०८२ -
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२
-
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना :..
बुधबार, जेष्ठ १, २०८२ -
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् संभावित..
बुधबार, जेष्ठ १, २०८२ -
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको संभावना
बुधबार, जेष्ठ १, २०८२ -
अमेरिका र साउदी अरबबीच एक खर्ब ४२..
बुधबार, जेष्ठ १, २०८२ -
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न..
मङ्लबार, बैशाख ३०, २०८२
-
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२