

-
तनहुँ । शुक्लागण्डकी नगरपालिकाले कोभिड –१९ को संक्रमण फैलन सक्ने जनाई बाह्य जिल्लाबाट आयात गरिएका फलफूल तथा तरकारी धमाधम बरामद गरी नष्ट गर्न थालेको छ ।
बन्दाबन्दीका समयमा स्थानीय सरकारको नियम विपरीत फलफूल तथा तरकारी ढुवानी गरेको भन्दै ग २ च ८४७ नम्बरको मिनीट्रकलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको उपप्रमुख सविता रसाइलीले जानकारी दिए।
जिल्लाका दश वटै स्थानीय तहले बाहिरी जिल्लाबाट आउने फलफूल तथा तरकारीमा पूर्ण रुपमा रोक लगाउने तथा स्थानीयस्तरमा उत्पादन गरिएका तरकारी स्थानीय स्रोत र साधनको प्रयोग गरी बिक्रीवितरण गर्न दिने निर्णय गरेका थिए ।
स्थानीय सरकारले पटक पटक सूचना जारी गरी नियम उल्लङ्घन नगर्न आग्रह गर्दा गर्दै पनि अटेर गरेको पाइएकाले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएर फलफूल तथा तरकारी नष्ट गरिएको नगर प्रमुख किसान गुरुङले जानकारी दिए। जिल्लाभित्र उत्पादन भएका फलफूल तथा तरकारी ढुवानी भने निर्बाध गर्न अनुमति दिइएको छ । रासस
News Desk 0 response बुधबार, जेष्ठ ७, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
निजामती कर्मचारी अस्पतालको सेवा सिंहदरवार भित्र
शुक्रबार, असार १९, २०८३
-
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
शुक्रबार, असार १९, २०८३ -
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा..
शुक्रबार, असार १९, २०८३ -
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
शुक्रबार, असार १९, २०८३ -
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
बिहिबार, असार १८, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड
मङ्लबार, असार १६, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
डिभी, पिआर लिएका चार कर्मचारीसँग स्पष्टीकरण
मङ्लबार, असार १६, २०८३ -
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३



