

-
क्यानबेरा । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट पारेका छन् । उनले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाएका हुन् ।
विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ ।
चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ ।
चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको आयात रोकेको थियो ।
व्यापार मन्त्री बर्मिङघमले भने, “हामी चीनसँग व्यापार युद्ध गर्न चाहन्नौं । हामी प्रतिशोधको नीति अबलम्बन गर्ने पक्षमा छैनौं । हामी व्यापार नियमलाई अनुशरण गर्न प्रतिबद्ध छौं ।”
मन्त्री बर्मिङघमले चीनले विश्व व्यापार संगठनका नियमहरुको प्रयोग गर्दा तथ्य र कानुन दुबैमा गल्ती गरिरहेको बताए । उनले अस्ट्रेलियाले स्वीकृत नियम विपरीत सामान भण्डार नगरेको पनि स्पष्ट गरेका छन् ।
कोरोनाभाइरसको महामारीको उत्पत्तिका बारेमा अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने भनाई सार्वजनिक गरेसँगै दुबै देशबीच व्यापार सम्बन्धमा तनाबको स्थिति उत्पन्न भएको छ । चीनले भने दुबैबीच सम्बन्ध नरहेको जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले कोविड–१९ नियन्त्रणमा भइरहेको विश्वव्यापी पहलमाथि विस्तृत मूल्याँकन गर्न चीन तयार रहेको बताएका छन् । उनले यस्तो मूल्याँकनका लागि विश्व स्वास्थ्य संगठनको अग्रसरतामा वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउन आह्वान गरेका छन् ।
अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी विश्व स्वास्थ्य संगठनको प्रस्तावमा अन्तर्राष्ट्रिय छानबिनको कुरा नआएको सन्दर्भमा अस्ट्रेलिया सरकारले माग गर्नुको कुनै अर्थ नरहने स्पष्ट गरेको छ । एपी
News Desk 0 response मङ्लबार, जेष्ठ ६, २०७७

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



