

-
क्यानबेरा । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट पारेका छन् । उनले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाएका हुन् ।
विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ ।
चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ ।
चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको आयात रोकेको थियो ।
व्यापार मन्त्री बर्मिङघमले भने, “हामी चीनसँग व्यापार युद्ध गर्न चाहन्नौं । हामी प्रतिशोधको नीति अबलम्बन गर्ने पक्षमा छैनौं । हामी व्यापार नियमलाई अनुशरण गर्न प्रतिबद्ध छौं ।”
मन्त्री बर्मिङघमले चीनले विश्व व्यापार संगठनका नियमहरुको प्रयोग गर्दा तथ्य र कानुन दुबैमा गल्ती गरिरहेको बताए । उनले अस्ट्रेलियाले स्वीकृत नियम विपरीत सामान भण्डार नगरेको पनि स्पष्ट गरेका छन् ।
कोरोनाभाइरसको महामारीको उत्पत्तिका बारेमा अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने भनाई सार्वजनिक गरेसँगै दुबै देशबीच व्यापार सम्बन्धमा तनाबको स्थिति उत्पन्न भएको छ । चीनले भने दुबैबीच सम्बन्ध नरहेको जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले कोविड–१९ नियन्त्रणमा भइरहेको विश्वव्यापी पहलमाथि विस्तृत मूल्याँकन गर्न चीन तयार रहेको बताएका छन् । उनले यस्तो मूल्याँकनका लागि विश्व स्वास्थ्य संगठनको अग्रसरतामा वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउन आह्वान गरेका छन् ।
अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी विश्व स्वास्थ्य संगठनको प्रस्तावमा अन्तर्राष्ट्रिय छानबिनको कुरा नआएको सन्दर्भमा अस्ट्रेलिया सरकारले माग गर्नुको कुनै अर्थ नरहने स्पष्ट गरेको छ । एपी
News Desk 0 response मङ्लबार, जेष्ठ ६, २०७७


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले तीन घण्टा नबित्दै युद्धविराम सम्झौताको उल्लङ्घन गरेको भारतीय आरोप
आइतवार, बैशाख २८, २०८२-
निडर ‘म्याडम’ नीलम
सोमवार, बैशाख २९, २०८२ -
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२
-
सिन्धुको पानी सिन्धुकै लगानी अनुरुप हिन्दु र..
सोमवार, बैशाख २९, २०८२ -
नेपालसँग जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं..
सोमवार, बैशाख २९, २०८२ -
म्याग्दीमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको..
सोमवार, बैशाख २९, २०८२ -
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
सोमवार, बैशाख २९, २०८२ -
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै
सोमवार, बैशाख २९, २०८२
-
सूचना नै लुकाएर गाउँपालिकामा भ्रष्टाचार, कार्यकारी अधिकृत..
मङ्लबार, बैशाख २३, २०८२ -
२३ बर्षे जागिरे जीवन, २० भन्दा धेरै..
आइतवार, बैशाख २८, २०८२ -
कम्पनी रजिष्ट्रार कार्यालय जहाँ खुलेयाम घुस मागियो
मङ्लबार, बैशाख २३, २०८२ -
बिशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टी, सचिव मरासिनी..
बिहिबार, बैशाख २५, २०८२ -
आर्थिक नियामक निकायको प्रमुख महिला नबनाउन बिचौलियाको..
मङ्लबार, बैशाख २३, २०८२