

-
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पुर्याउन आग्रह गरेको छ ।
सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको स्मरण गराएका छन् ।
विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिन अपिल गरिएको छ ।
विविध जटिल परिस्थिति पार गर्दै व्यवसाय सञ्चालन गर्दै गर्दा ऐतिहासिक तथा अप्रत्यासित विश्वव्यापीरूपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिमा होटलका घरधनी र सञ्चालकबीच आपसी समझदारीबाट नै वर्तमान समस्या समाधान गर्नु अहिलेको आवश्यकता भएको अपिलमा भनिएको छ ।
सङ्घसँग सम्बन्धित होटलका घरधनी र होटल सञ्चालकले सशस्त्र द्वन्द्व, नाकाबन्दी, विभिन्न प्रकृतिक प्रकोपको समयमा पनि आपसी समझदारीमा नै व्यवसायलाई निरन्तरता दिँदै आइरहेको सङ्घले स्मरण गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारद्वारा २०७६ चैत्र ११ गतेदेखि हालसम्म बन्दाबन्दी घोषणा गरी कार्यान्वयन हुँदै आएको र यसले होटल व्यवसाय शून्य प्रायः भएको सङ्घले जनाएको छ ।
बन्दाबन्दी खुले पनि तत्काल आन्तरिक पर्यटक हिँडडुल गर्ने स्थिति नरहेको भन्दै अपिलमा रोगको औषधोपचार हालसम्म नभएको र अन्य विविध कारणले केही वर्षसम्म बाह्य पर्यटकको आगमन हुने स्थिति नरहेको आकलन गरिएको छ । सबै विषयलाई दृष्टिगत गरी सङ्घले हाललाई असोज मसान्तसम्म व्यवसाय बन्द गर्ने निर्णय गरेको उल्लेख गर्दै अपिलमा यस विषम परिस्थितिमा सबै व्यवसायी एकजुट भई यस अवस्थालाई पार लगाउनुपर्ने भनिएको छ ।
सङ्घले नेपाल सरकार तथा अन्य सम्बन्धित निकायसँग राहत माग गरिरहेको र सम्भवतः अगामी आव ०७७/०७८ को बजेटमा सम्बोधन हुने आशा गरिएको विज्ञप्तिमा भनिएको छ । रासस
News Desk 0 response सोमवार, जेष्ठ ५, २०७७

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


